समानुपातिक सूचीलाई लिएर रास्वपामा असन्तुष्टि


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेश कार्यवाहक अध्यक्ष गोमा तामाङले पार्टीले पठाएका समानुपातिक सांसदको सूचीलाई लिएर असन्तुष्टि जनाएकी छन् । सोमबार सामाजिक संजालमार्फत समानुपातिक सूचीका कारण पार्टी संगठनमा असर गर्ने बताएकी हुन् ।

उनले भनेकी छन्, ‘मैले कोशीको हकमा पहाडी भुगौल समेट्न पर्छ छुट्नु हुन्न भनेको थिएँ छनौटको समयमा । जान्नेलाई छान्ने लहडमा पर्नुपर्ने नाम थियोे ओखलढुंगाको बगरहरुमा घन्टी बोकेर पहिलो उम्मेदवार जसले सानो नानी चेपेर रास्वपाको बीउ रोपेको थियो । २०७९ मा उहाँ शोभा कार्की खोटाङबाट समानुपातिकमा नाम थियो चर्चित गायिका बौद्धिकताकी खानी सत्याकला राई उहाँको नाम किन आएन ? पर्नुपर्ने नाम थियो ताप्लेजुङ कि मीरा लाबुङ उहाँको नाम नआउनु पार्टीले कोशीको भौगोलिकता र जातीय क्लस्टरलाई समेट्न नसक्दा अबका दिनहरुमा सङ्गठनमा धेरै असर नपर्ला भन्न सकिन्न । र अर्को कुरा समुदायको व्यक्ति विशेषहरु केन्द्रीय नेताज्यूहरुको वरपर नजिक भएर पनि यी कुरामा ध्यानाकर्षण गराउन नसक्नु बिडम्बना दुःखद छ।’

गोमा तामाङ सुनसरी–१ मा हर्क साम्पाङसँग पराजित भएकी थिइन् ।