काठमाडौँ । सर्वोच्च अदालतले धनुषा क्षेत्र नम्बर –१ का रास्वपाका उम्मेदवार किशोरी साहको नाम कालोसूची नराख्न आदेश दिएको छ ।
बिहीबार न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्दै कालोसूचीमा नराख्न आदेश दिएको हो । उनले नेपाल राष्ट्र बैंक, कर्जा सूचना केन्द्र, निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालय धनुषालाई विपक्षी बनाएर बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
आफूलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेपछि आफ्नो उम्मेदवारी खारेज भएको भन्दै उनी सर्वोच्च पुगेका थिए । आयोगले बैंक तथा वित्तीय संस्थासम्बन्धी विषयमा कर्जा सूचना केन्द्रले उनलाई कालोसूचीमा रहेको भन्दै उम्मेदवारी खारेज गरेको थियो । यता आयोगले नेकपाका उम्मेदवार मातृका यादवलाई विजेता घोषणा गरिसकेको छ ।

प्रतिक्रिया