प्रथम कालीपुल कप बास्केटबल प्रतियोगिता सुरु


म्याग्दी । म्याग्दी को बेनी नगरपालिका–८ मा आजदेखि एक लाख बढी पुरस्कार राशिको प्रथम कालीपुल कप बास्केटबल प्रतियोगिता सुरु भएको छ ।

युनाइटेड क्लबको आयोजनामा फागुन ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बेनी नगरपालिका प्रमुख सुरत केसीले उद्घाटन गरे । ११ समूह सहभागी प्रतियोगितामा विजेता र उपविजेतालाई ट्रफी, मेडलसहित नगद रु एक लाख ११ हजार १११ र रु ५५ हजार ५५५ नगद पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष अनिष गौचनले जानकारी दिए ।

विभिन्न विधामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई पनि पुरस्कृत गरिने उनले बताए। विधागत उत्कृष्ट खेलाडीलाई नगद रु दुई हजारका दरले पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष गौचनले बताए।