सचिवालय बैठकको निष्कर्षमा बिचलन आए पार्टीमा पुनः संकट निम्तन्छः नारायणकाजी


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबारको सचिवालय बैठकको बिचलनले पार्टीमा पुनः संकट ल्याउने चेतावनी दिएका छन् ।

सोमबार राति ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले समाजवाद उन्मुख समृद्धिको काम र त्यसको लागि आत्मालोचनासहित नयाँ शिराबाट काम गर्ने सचिवालय बैठकको निष्कर्ष भएकाले त्यसमा बिचलन आए पार्टीमा पुनः संकट निम्तने चेतावनी दिएका हुन् ।

उनले लेखेका छन्,‘ अस्तिको सचिवालयको निश्कर्षबाट बिचलनले पार्टीमा पुनःसङ्कट ल्याउनेछ । अतः अन्यथा हुनै सक्दैन,गर्नै मिल्दैन । पार्टी एकताको रक्षा, बिधि पद्दतिको पालना, पार्टीद्वारा सरकार सञ्चालन, सरकारबाट समाजवादउन्मुख समृद्धिको काम र त्यसको लागि आत्मालोचनासहित नयाँ शिराबाट काम गर्ने संकल्प यो हो निष्कर्ष ।’