प्रचण्डले भने -असंलग्न नीतिलाई सम्मान गरेर हुने सहयोगमात्र स्वीकार



काठमाडौं । सामसामयिक र आगामी बाटोबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)सँग शुक्रबार भिडियो परामर्श गरेको छ ।

नेकपाको स्कूल विभाग, सीपीसीको अन्तर्राष्ट्रिय विभाग र चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित कमिटीद्वारा नेकपा मुख्यालय धुम्वाराहीमा आयोजित परामर्शमा पार्टी र देश सञ्चालन, भ्रष्टाचार नियन्त्रणलगायत विषयलाई लिएर छलफल भएको हो । छलफलका क्रममा दुवै पार्टीले पार्टी र देश सञ्चालनका अनुभवहरु आदनप्रदान गरिएको नेकपा स्कुल विभागका उपप्रमुख वेदुराम भुसालले जानकारी दिए ।

छलफलका क्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको स्वतन्त्रता र असंलग्न नीतिलाई सम्मान गरेर हुने सहयोगमात्र स्वीकार गर्ने बताएका थिए । चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ्समा नेपालले हस्ताक्षर गरेपछि दुई देशका विभिन्न तहमा भइरहेको सहकार्यप्रति उहाले खुसी व्यक्त गरेका थिए ।

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको ९९ वर्ष पुगेको अवसरमा दुई देशका सत्तारुढ दलबीच पार्टी र देश सञ्चालनका बारेमा अनुभव आदानप्रदान भएको उपप्रमुख भुसालले जानकारी दिए । परामर्शमा नेकपाकातर्फबाट अध्यक्ष प्रचण्ड लगायत करिव १ सय भन्दा बढी नेताहरु सामेल थिए भने सीपीसीका तर्फबाट सीपीसीका प्रमुख नेताहरु सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय

कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका