‘संसदमा उभिएर पटक-पटक उही दिव्य उपदेश ! कोरोनाले मर्नेहरू अरू कुनै कारणले मरेका रे !’



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् । संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दै गर्दा भट्टराईले अजासु प्रवृत्ति देखिएको बताएका हुन् । प्रधानमन्त्रीले कोरोनाले मर्नेहरु अरुनै रोगले मरेका, क्वारेन्टाइनहरु राम्रो हुँदै गएको बताएपछि भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्,‘ प्रधानमन्त्रीको सबभन्दा ठूलो रोग डनिंग(क्रुगर इफेक्ट (अजासु प्रवृत्ति) नै देखियो । संसदमा उभिएर पटक पटक उही दिव्य उपदेश ! कोरोनाले मर्नेहरू अरू कुनै कारणले मरेका रे !  क्वरेन्टीनमा बस्नेहरूको यत्रो विजोग,परीक्षणको अभाव,विदेशबाट फर्कनेहरूको कन्तविजोक जगजाहेर छँदाछँदै सबै ठीकठाक रे!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा