कोरोना रोकथामको सरकारको कदममा कांग्रेसको साथ



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमको साथमै रहेको बताएको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको विपद व्यवस्थापन परिषद्को बैठकमा । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले चालेका कदमहरूमा साथै रहेको बताउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

बैठकमा प्रधानमन्त्रीले कोरोना संक्रमणको महामारीसँगै अब वर्षातको समय आउन लागकाले बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपहरुको पूर्व तयारीका योजना बनाउनुपर्ने भएकाले बैठक आयोजना गरिएको बताएका थिए । उनले सरकार सबै खाले प्रकोपहरुसँग जुध्न र जनधनको सुरक्षा गर्न कुनै कसर बाँकी नराख्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

सार्वजनिक खर्च जुटाउन सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना