पार्टीको निर्णयभन्दा बाहिर कोही जान पाउँदैनः खनाल



नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको सचिवालयले गरेको निर्णय सबैले मान्नुपर्ने बताएका छन् । नुवाकोटको विदुरमा शनिबार प्रेस सङ्गठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले पार्टीको सचिवालयले गरेको निर्णयमा सबैले मान्नुको बिकल्प नभएको बताएका हुन् ।

खनालले भने, “पार्टीको निर्णय सबैले मान्नुपर्छ, प्रधानमन्त्रीले मान्नु नपर्ने, अरुले मान्नुपर्ने हुँदैन, पार्टीको निर्णयभन्दा बाहिर कोही जान पाउँदैन ।”
उनले पार्टी एकतामा कहीँकतै आँच आउन नदिनेसमेत बताए । उनले पार्टी फुट्छ भनेर अरु दलले भनिरहेका छन् भने त्यो केवल दिवास्वप्न मात्र भएको बताए । “पार्टी एक ढिक्का भएर अघि बढ्छ, पार्टीलाई कसैको स्वार्थले फुटाउन सक्दैन”, उनले भने । खनालले एमसिसी अहिलेकै अवस्थामा पारित हुन नहुने बताए । एमसिसी सच्याएर अघि बढ्दा मात्र नेपालको हितका लागि हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका

दुई दिने नेपाल भ्रमण पूरा गरी कतारी अमिर स्वदेश फिर्ता

काठमाडौँ ।  कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने

संसद तीन ठूला राजनीतिक दलका शीर्षस्त नेताको कब्जा गयो

काठमाडौँ । विसं २०७९ प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म संसदका तीन वटा अधिवेशन पूरा

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि होः पूर्वप्रधानमन्त्री खनाल

    काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको