कमल थापालाई बाबुरामको प्रश्नः भ्रष्टाचार छानविन २०४७ साल सट्टा पञ्चायती निरंकुशकाललाई पनि बनाए कसो होला ?



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानविनका लागि संसदमा आवाज उठाएपछि राप्रपा अध्यक्ष कमल थापाले त्यसको समर्थन गरेका छन् । बिहीबार ट्वीट गर्दै अध्यक्ष थापाले २०४७ सालदेखि सार्वजनिक पदधारण गरेका सबैको सम्पति छानविन गरियोस् भन्ने माग राप्रपाले १० बर्षदेखि उठाउँदै आएको उल्लेख गरेका छन् ।

थापाको ट्वीटको उत्तरदिँदै भट्टराईले लेखेका छन्, ’धन्यवाद मित्र ! तर उच्च राजनीतिकरप्रशासनिक तहको भ्रष्टाचार छानविनको ’कट अफ प्वाइन्ट’ सापेक्ष ढंगले खुलापन आएको २०४७ साल सट्टा पंचायती निरंकुशकाललाई पनि बनाए कसो होला?’

बुधबारको प्रतिनिधिसभा बैठकमा भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायत सम्पूर्ण पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न माग गरेका थिए । ’गाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए?’, भट्टराईले प्रश्न गरे, ‘म लगायत हामी सबै साथीहरुले दिएको लुगा लगाएर, चप्पल लगाएर हिनेका थियौँ। आज हामी कसरी सुटेड बुटेड भएका छौँ ? कसरी चिल्ला कार चढेर हिडिरहेका छौँ ? कसरी हाम्रा महल छन् ?’ डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति यति छिटो कसरी बढ्यो भन्दै प्रश्न गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विमान दुर्घटनाले राष्ट्रलाई अपूरणीय क्षतिः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन

बिआरआई परियोजनाबारे हतारमा निर्णय हुँदैनः परराष्ट्रमन्त्री राणा

  काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चिनियाँ परियोजना बिआरआईको सञ्चालन एवं

कडाइका साथ जहाजहरूको परीक्षण, अनुगमन तथा सुरक्षा लागू गराउन देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हवाई सुरक्षा प्रभावकारी बनाउन सरकारलाई आग्रह

बागमतीका मुख्यमन्त्री लामाले लिए शपथ

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले शपथ लिएका छन्। बागमती प्रदेश