अख्तियारको कार्यालय अगाडि सिठी जुलुस निकाल्ने साझा पार्टीका नेता कार्यकर्ता पक्राउ
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालय अगाडि सिठी जुलुस निकाल्ने साझा पार्टीका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा केन्द्रीय सदस्य समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार, नारायण कोइराला, अव्दुस मियाँ, शरदराज पाठकलगायत छन् । अख्तियारले नेकपाका नेतालाई उन्मुक्ति दिएर १ सय ७५ जनाविरूद्ध मात्र मुद्दा चलाएको भन्दै साझा पार्टीले सिठी जुलुस निकालेको थियो ।
नाराजुलुस र सिठी फुक्दै अख्तियारको निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।