सीमा विवाद समाधानका लागि सरकारले पहल नगरेको देउवाको आरोप



कञ्चनपुर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियनले कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सरकारले राष्ट्रवादको नारा दिएपनि त्योअनुसार काम गर्न नसकेको आरोप लगाए ।

देउवाले सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको आरोप लगाए । उनले देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको बताए ।

“कालापानी हाम्रो हो । महाकाली सन्धिअनुसार पनि कालापानी नेपालको हो”, उनले भने, “सन्धिमा महाकाली नदीलाई नेपाल र भारतको सीमा नदी भनिएको छ ।”

महाकाली सन्धिअनुसार महाकाली नदीको पानी आधा भारत र आधा नेपालको भएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुशीला थिङ कांग्रेस संसदीय दलको सचेतकमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको सचेतकमा सुशीला थिङ नियुक्त भएकी छन्। बिहीबार

पहिचानवादीका नाममा सत्तापक्ष नै मुठभेडमा उत्रियो, एमालेले प्रतिवाद गर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले कोशी प्रदेशमा पहिचानवादीहरूलाई एमालेमाथि

बजेटले जनअपेक्षाअनुसारको अर्थतन्त्र सुधार गर्न सक्दैनः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बजेटमा करको दर र दायरा

बजेटले राष्ट्रको अठोट पूरा गर्ने लक्ष्य बोकको छः सांसद घर्ती

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले आर्थिक वर्ष २०८०/८१ को बजेटले