गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु



गाजा । गाजामा शनिबार भएको इजरायली हमलामा कम्तीमा छ जना बालबालिका सहित १९ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।

एजेन्सीका प्रवक्ता महमुद बासलले गाजा पट्टीमा इजरायली हवाई आक्रमणले निम्त्याएको नरसंहारमा १९ जनाको मृत्यु भएको र ४० जना भन्दा बढी घाइते भएको बताएका छन् ।

आक्रमणले उत्तरी गाजाको जेइतुनको घरमा प्रहार गर्दा तीन जना बालबालिका सहित सात जनाको मृत्यु हुनुका साथै दश जना घाइते भएको जनाइएको छ ।

एएफपिटिभीको फुटेजमा मानिसहरूले अन्धकारमा टर्च तथा मोबाइल फोन प्रयोग गरेर भग्नावशेषमा खोज तलास गरिरहेको देखाएको छ । खान युनूस सहरमा भएको आक्रमणमा तीन बालकसहित छ जनाको मृत्यु भएको तथा २६ जना विस्थापित भएको बासलले बताएका थिए ।

गाजा पट्टीको नुसेइराटमा एउटा घरमा भएको आक्रमणमा चार जनाको मृत्यु भएको तथा दक्षिणी सिमानाको रफाहमा भएको ट्यांक फायरमा दुई जनाको मृत्यु भएको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिकित्सकले मृत घोषणा गरेका एक व्यक्ति चिताबाट ब्यूँझिएपछि…

जयपुर । बोल्न र सुन्न समस्या भएका २५ वर्षीय रोहिताश कुमारलाई बिहीबार बिरामी

घुस आरोपले भारतीय धनाढ्य अडानी समूहलाई धक्का

नयाँ दिल्ली । विश्वकै धनी व्यक्तिमध्येका एक भारतीय धनाढ्य गौतम अडानीलाई आफ्नो विश्वव्यापी

श्रीलङ्काको नयाँ नेतृत्व आईएमएफको बेलआउट कार्यक्रमलाई अघि बढाउन सहमत

कोलम्बो । श्रीलङ्काको नयाँ वामपन्थी सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को विवादास्पद कर्जा सहयोग

पाकिस्तानमा साम्प्रदायिक हिंसामा ३२ जनाको मृत्यु

पेशावर । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भएको साम्प्रदायिक झडपमा कम्तीमा ३२ जनाको मृत्यु भएको