इयुले युक्रेनलाई चार अर्ब २० करोड युरो प्रदान गर्ने



युरोपेली सङ्घ (इयु) ले युक्रेनको सुधार प्रयास सन्तोषजनक ठानेपछि युक्रेनलाई चार अर्ब २० करोड युरो प्रदान गर्न तयार भएको इयुको परिषद्ले जनाएको छ ।

परिषद्ले इयुको युक्रेन सुविधाअन्तर्गत युक्रेनलाई अनुदान र ऋणको नियमित भुक्तानीको पहिलो किस्तालाई अनुमति दिएको विज्ञप्तिमार्फत जनाएको छ ।

परिषद्ले सर्त र सुधारहरू पूरा भएको जनाएको छ । सुधारहरूमा सार्वजनिक वित्तीय व्यवस्थापन, राज्यको स्वामित्वमा रहेका उद्यमहरूको सुशासन, व्यापारिक वातावरण, ऊर्जा र खानी समावेश छन् ।

कोष जारी हुने युक्रेन सुविधा सन् २०२४ मार्चमा लागू भएको हो । यसले सन् २०२४ देखि सन् २०२७ अवधिका लागि ५० अर्ब युरोसम्मको आर्थिक सहयोगको प्रक्षेपण गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा प्रदुषणका कारण भाइरसजन्य रोगमा वृद्धि

पाकिस्तान । खराव धुवाँ अपर्याप्त सरसफाई, अस्वच्छ अवस्था र फोहोर व्यवस्थापन प्रणालीको असफलताका

इयूले युक्रेनलाई ३५ अर्ब युरो ऋण दिने

किएभ । युरोपेली सङ्घ (इयू) ले युक्रेनलाई यस वर्षको अन्त्यसम्ममा ३५ अर्ब युरो

बेकर, जम्पर र हसाबिसलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

स्वीडेन । अमेरिकी वैज्ञानिकद्वय डेभिड बेकर र जोन जम्पर तथा बेलायती डेमिस हसाबिसलाई

काश्मिरमा अपहरणपछि एक भारतीय सैनिकको हत्या

श्रीनगर । भारत प्रशाशित काश्मिरमा निर्वाचनको परिणाम सार्वजनिक भएको केही घण्टापछि एक सैनिकलाई