उत्तरी इरानको अस्पतालमा आगलागी हुँदा नौ जनाको मृत्यु



इरानको उत्तरी सहर राश्तको अस्पतालमा आगलागी हुँदा मङ्गलबार कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

घेम अस्पतालमा सोमबार १ः३० बजे भएको आगलागी नियन्त्रणमा लिनुका साथै अनुसन्धानकर्ताहरूले घटनाको अनुसन्धान गरिरहेको राज्य प्रसारणकर्ता आईआरआईबीले बताएको छ ।

“दुर्भाग्यवश, यो आगलागीमा नौ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरु अधिकांशलाई सघन उपचार कक्षमा भर्ना गरिएको थियो“, राश्तको गिलान युनिभर्सिटी अफ मेडिकल साइन्सेजका अध्यक्ष मोहम्मद तागी असोबीले भने ।

रिपोर्टका अनुसार अस्पतालमा भएका २५० बटा शैयामा १४२ शैया आगलागीमा घाइते हुनेहरुले भरिएको थियो । नोभेम्बर २०२३ मा गिलान प्रान्तको लङ्गारुड सहरको लागुऔषध पुनर्वसन केन्द्रमा ठूलो आगलागी हुँदा ३२ जनाको मृत्यु भएको थियो।

जुन २०२० मा उत्तरी तेहरानको एउटा क्लिनिकमा ग्याँस पड्केर भएको शक्तिशाली विस्फोटमा १९ जनाको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्डोनेसियाको अवैध सुनखानीमा पहिरो जाँदा १५ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

पश्चिमी इन्डोनेसियाको अवैध सुनखानीमा गएको पहिरोमा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने

आणविक शक्ति सम्पन्न पनडुब्बी डुबेको कुरालाई चीनले ढाकछोप गरेको अमेरिकी आरोप

वासिङटन । चीनले आफ्नो सबैभन्दा नयाँ आणविक शक्ति सम्पन्न पनडुब्बी डुबेको घटनालाई ढाकछोप

हाइटीमा भएको हिंसामा कम्तीमा तीन हजार ६६१ जनाको मृत्यु

जेनेभा । संयुक्त राष्ट्रसङ्घले हाइटीमा जारी हिंसामा यसवर्ष तीन हजार ६०० भन्दा बढी

शिगेरु इशिबा जापानको आगामी प्रधानमन्त्री बन्ने

टोकियो ।  सत्तारूढ पार्टीको नेतृत्वका लागि भएको मतदानमा विजयी भएपछि पूर्व रक्षामन्त्री शिगेरु