जापानमा भाङ उत्पादनलाई कानुनी मान्यता



जापानको संसदले भाङबाट प्राप्त हुने चिकित्सा उत्पादनलाई वैधानिकता दिने विधेयक पारित गरेको छ  । बुधबार जापानको संसदले चिकित्सा उत्पादनलाई वैधानिकता दिने विधेयक पारित गरेको हो ।

संसदले औषधीय प्रयोजनका लागि बाहेक अन्य रसायनको प्रयोगलाई भने अपराधीकरण गरेको छ । जापानको माथिल्लो सदनले संशोधित भाङ र मादक पदार्थ नियन्त्रण कानून पारित गरेको छ, जुन घोषणा भएको एक वर्षभित्र लागू हुनेछ ।

संशोधित कानून अनुसार, भाङ र ‘टेट्राहाइड्रोकानाबिनोल बोटमा पाइने एक मनोवैज्ञानिक रसायन, लागुऔषधको रूपमा व्यवहार गरिनेछ, जसको प्रयोगमा युवाहरू र अरूलाई दुरुपयोग गर्नबाट रोक्न प्रतिबन्ध लगाइनेछ ।

जापानले पहिले नै गाँजा राख्न र वितरण गर्न प्रतिबन्ध लगाएको छ । यससम्बन्धी उल्लङ्घन गरेमा सात वर्षसम्मको जेल सजाय को व्यवस्था गरेको छ तर मेडिकल उत्पादनका लागि बिरुवा हुर्काउन अनुमति दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलमाथि इरानी हमलापछि ठूला देशहरूद्वारा चिन्ता व्यक्त

बीबीसी । संयुक्त राष्ट्रसङ्घले इरानले इजरायलमाथि गरेको हमलाका बारेमा छलफल गर्न इजरायलको अनुरोधमा

उत्तर कोरियाली नेता किम र शीर्ष चिनियाँ अधिकारीद्वारा सम्बन्धको ‘नयाँ अध्याय’ को स्वागत

  धेरै वर्षपछि सहयोगीहरूबीचको सबैभन्दा उच्चस्तरीय बैठकमा उत्तर कोरियाली नेता किम जोङ उन

जर्मनीले युक्रेनलाई थप प्याट्रियट सिस्टम पठाउने

    जर्मनीले युक्रेनको कडा दबाबमा परेको सेनालाई बलियो बनाउन र बढ्दो रुसी

इरानद्वारा इजरायलतर्फ दुई सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार

बीबीसी । इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरायलमा हमला गरेको छ ।