विश्व मिडिया शिखर सम्मेलनले चीन–अफ्रिका सहयोग बलियो बनाउने



विश्व मिडिया शिखर सम्मेलनले चीन–अफ्रिका सहयोग गहिरो बनाउने विश्वास गरिएको छ । दर्जनौं अफ्रिकी मिडिया प्रतिनिधिहरू बीच जारी विश्व मिडिया शिखर सम्मेलनले चीन–अफ्रिका सहयोगका बारेमा विश्वव्यापी मिडिया आउटलेटहरूको समझदारी बढाउने घानास्थित मिडियाले जनाएका छन् ।

शिखर सम्मेलनले अफ्रिकी मिडिया आउटलेटहरूका लागि विश्वभरका आफ्ना समकक्षीहरूसँग अन्तरक्रिया गर्नका लागि महत्वपूर्ण प्लेटफर्मको रूपमा काम गरेको न्युज गहका प्रबन्ध निर्देशक रोजर अगानाले बताए ।

पाँचौं विश्व मिडिया शिखर सम्मेलन आयोजना भएको चिनियाँ शहर ग्वाङ्झाउमा शुक्रबार अवतरण गरेकी अगानाले भनेका छन्– ‘म विश्वसँग घुलमिल हुन तयार छु, विश्वले अफ्रिका र चीनको वास्तविकता थाहा पाउनु आवश्यक छ र उनीहरूले कसरी दुवै देशका जनताहरूलाई फाइदा पुर्याउन सहयोग गरिरहेका छन् ।’

विभिन्न पक्षहरूमा चीन–अफ्रिका सहयोगले सम्पूर्ण विश्वका लागि राम्रो उदाहरण प्रस्तुत गरेको छ । उनले चीन मैत्रीपूर्ण सहयोगका लागि सधैं तयार रहेको बताए । अगानाले चीनद्वारा प्रस्तावित बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) बाट अफ्रिकाले व्यापार प्रवर्द्धन गर्न र त्यहाँको पूर्वाधारको विकासमा भूमिका खेल्न ठूलो फाइदा पुगेको बताए ।

बीआरआई प्रशंसनीय परियोजना भएको र यसले यसले सडक, रेलवे, बन्दरगाह र विमानस्थलहरू निर्माण गर्न मद्दत गरिरहेको र अफ्रिका महाद्वीपमा व्यापार सहजीकरणका लागि पूर्वाधार मेरुदण्ड बनेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलमाथि इरानी हमलापछि ठूला देशहरूद्वारा चिन्ता व्यक्त

बीबीसी । संयुक्त राष्ट्रसङ्घले इरानले इजरायलमाथि गरेको हमलाका बारेमा छलफल गर्न इजरायलको अनुरोधमा

उत्तर कोरियाली नेता किम र शीर्ष चिनियाँ अधिकारीद्वारा सम्बन्धको ‘नयाँ अध्याय’ को स्वागत

  धेरै वर्षपछि सहयोगीहरूबीचको सबैभन्दा उच्चस्तरीय बैठकमा उत्तर कोरियाली नेता किम जोङ उन

जर्मनीले युक्रेनलाई थप प्याट्रियट सिस्टम पठाउने

    जर्मनीले युक्रेनको कडा दबाबमा परेको सेनालाई बलियो बनाउन र बढ्दो रुसी

इरानद्वारा इजरायलतर्फ दुई सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार

बीबीसी । इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरायलमा हमला गरेको छ ।