२९८ जना सवार विमान खसाल्न रुसी राष्ट्रपति पुटिनले क्षेप्यास्त्र दिएको दाबी



रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०१४ मा मलेसियाली एयरलाइन्सको विमान एमएच–१७ लाई खसालेको क्षेप्यास्त्रको आपूर्तिलाई व्यक्तिगत रूपमा स्वीकृति दिएको ‘बलियो सङ्केत’ मिलेको अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूले बताएका छन् ।

तर अनुसन्धानकर्ताहरूले पुटिनलाई राष्ट्रप्रमुखको रूपमा उन्मुक्ति प्राप्त भएको र उनी वा अन्य संदिग्धहरूविरुद्ध मुद्दा चलाउन पर्याप्त ठोस प्रमाण नभएकाले आठ वर्ष लामो अनुसन्धान रोकेको बताएका छन् ।

युक्रेनको राजधानी एम्स्टर्डमबाट क्वालालम्पुरका लागि उडेको विमानसँग रूसी क्षेप्यास्त्र ठोक्किँदा विमानमा सवार सबै २९८ जनाको मृत्यु भएको थियो ।

नेदरल्याण्ड्सको एक अदालतले एमएच–१७ विमान खसालेको आरोपमा दुई जना रूसी र एक जना युक्रेनी नागरिकलाई दोषी ठहर गरेको तीन महिना नबित्दै यो घोषणा भएको हो ।

डच अभियोजक डिग्ना भान बोएट्जेलरले द हेगमा आयोजित पत्रकार सम्मेलनमा भने, “राष्ट्रपति पुटिनले डीपीआर (डोनेट्स्क पिपुल्स रिपब्लिक) लाई बुक टेलर क्षेप्यास्त्र प्रणालीबाट आपूर्ति गर्ने निर्णय राष्ट्रपतिस्तरमा गरेको बलियो सङ्केत देखिएको छ । यद्यपि हामी बलियो सङ्केतहरूको कुरा गर्छौँ, पूर्ण र निर्णायक प्रमाणहरूको उच्च पट्टीमा पुग्न सकेको छैन ।”

नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रूटले यो निर्णय ‘नितान्त निराशाजनक’ भएको तर “हामी यस त्रासदीमा रूसी महासङ्घको भूमिकाको लेखाजोखाबारे अनुसन्धान जारी राख्नेछौँ” उनले भने ।

रूसले एमएच–१७ विमान खसाल्नुमा आफ्नो कुनै संलग्नता नरहेको बताएको छ । गत वर्ष अदालतले तीनै जनालाई दोषी ठहर गर्ने फैसलालाई रूसले ‘निन्दनीय’ र राजनीतिबाट प्रेरित भएको भन्दै आलोचना गरेको थियो ।

तर एमएच–१७ विमान दुर्घटनाबारे पाँच देशीय संयुक्त अनुसन्धान टोलीले चेन अफ कमाण्ड स्पष्ट रहेको बताएको छ ।

रूसी अधिकारीहरूले सन् २०१४ को जुनमा पुटिन फ्रान्समा आयोजित डी–डे समारोहमा उपस्थित भएका कारण युक्रेनी पृथकतावादीहरूलाई हतियार पठाउने निर्णय पनि स्थगित गरेका थिए ।

रूसी रक्षामन्त्री सर्गेई शोइगुजस्ता अन्य अधिकारीसँग आवश्यक निर्णय गर्ने अधिकार नभएको र अन्ततः यो राष्ट्रपतिको निर्णय भएको बताइएको छ ।

तथापि, मस्कोबाट सहयोगको कमी र अगाडि आउन इच्छुक साक्षीहरूको कमीको कारण, यो मुद्दा अब रोकिएको छ ।

भ्यान बोएट्जेलरले भने, “सबै सुरागहरू समाप्त भइसकेका छन्, त्यसैले अनुसन्धान स्थगित गरिएको छ ।

नेदरल्याण्डका अभियोजकले भने, “रूसी महासङ्घका राष्ट्रपतिलाई राष्ट्रप्रमुखको हैसियतमा अन्तर्राष्ट्रिय कानुनअनुसार कमसेकम उन्मुक्ति दिइएको छ । उनले राष्ट्रप्रमुख रहेको हैसियतमा अब के हुन्छ भनेर हेर्ने काम हुने डच अभियोजकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका

ज्याकोब जुमाले चुनाव लड्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार

बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्