भारतमा सिलिन्डर विस्फोट हुँदा पाँचजनाको मृत्यु, ५० घाइते



पश्चिमी भारतको राजस्थान राज्यमा एक विवाह समारोहमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् ।

राजस्थानको राजधानी जयपुरबाट चार सय ३६ किलोमिटर पश्चिममा रहेको जोधपुर जिल्लाको भुङ्गरा गाउँमा बिहीबार विवाह समारोहमा पाहुना भेला भइरहेका बेला सिलिन्डर विस्फोट भएको हो ।

मृतकमा दुई बालबालिका समेत रहेका जोधपुरको जिल्ला कलेक्टरको कार्यालयका एक अधिकारीले जानकारी छन् ।

घाइतेहरु सबै जलेका र उनीहरुलाई नजिकैको अस्पतालमा लगिएको छ । तीमध्ये १२ जना गम्भीर घाइते,भएका र उनीहरुलाई विशेष उपचारका लागि जोधपुर पठाइएको छ ।

अधिकारीहरुका अनुसार यो घटना बेहुलाको घरबाट जुलुस निस्कनु अघि नै भएको थियो । कार्यक्रममा करिब १०० जना जम्मा भएको रिपोर्टले जनाएको छ ।

विवाह भोजको तयारी भइरहेको ठाउँमा ग्यास सिलिन्डर चुहिएर शक्तिशाली विस्फोट भएको अधिकारीले जानकारी दिए । विष्फोटका कारण विवाह भइरहेको घरको एक भाग पनि भत्किएको छ ।

भारतमा आकस्मिक विस्फोटहरू सामान्य छन् किनभने मानिसहरूले सामान्यतया सुरक्षा मापदण्डहरूलाई बेवास्ता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध

उच्च अदालतको आदेशपछि माल्दिभ्सका पूर्वराष्ट्रपति यामिन रिहा

  भ्रष्टाचार र मनी लन्ड्रिङको आरोपमा ११ वर्षको कारागार सजाय पाउनुभएका माल्दिभ्सका पूर्वराष्ट्रपति

भारमा आमचुनावः २१ राज्यमा १०२ सिटका लागि मतदान सुरु

भारतमा आजदेखि आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ

युक्रेनको चेर्निहिभमा रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार