युक्रेन युद्धले युरोप शक्तिशाली छैन भन्ने देखाएको फिनल्याण्डका प्रधानमन्त्रीको भनाइ



फिनल्याण्डका प्रधानमन्त्री सान्ना मरिनले युक्रेनविरुद्ध रूसले गरेको आक्रमणपछि युरोपको क्षमताबारे मूल्याङ्कन गर्दै मस्कोविरुद्ध एक्लै उभिन यूरोप पर्याप्त बलियो नभएको बताएकी छन् ।
अस्ट्रेलियाको भ्रमणमा रहेका नेटो सदस्य राष्ट्रका नेताले भ्लादिमिर पुटिनको आक्रमण र छिमेकी युक्रेनमाथिको कब्जाले रूससँग व्यवहार गर्ने ‘युरोपेली कमजोरी र रणनीतिक भूल’ दुवैलाई उजागर गरेको बताइन् ।

“म तपाईंसँग धेरै इमानदार हुनुपर्छ, निर्ममतापूर्वक इमानदार हुनुपर्छ, युरोप अहिले पर्याप्तरूपमा शक्तिशाली छैन । हामी संयुक्त राज्य अमेरिका बिना समस्यामा पर्नेछौं,” उनले सिड्नीको लोवी इन्स्टिच्युटका थिङ्क ट्याङ्कसँगको छलफलमा भनिन् ।

मारिनले युक्रेनलाई युद्ध जित्नका लागि ‘जे चाहिए पनि’ दिनुपर्नेमा जोड दिँदै युद्धमा रूसको सफलतालाई निस्तेज पार्न आवश्यक हतियार, आर्थिक र मानवीय सहायता उपलब्ध गराउन अमेरिकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् ।

उनले भनिन्, “हामीले युरोपेली रक्षा र युरोपेली रक्षा प्रणालीको कुरा गर्दा यो सुनिश्चित गर्नु पर्दछ आवश्यक ती क्षमताहरू पनि निर्माण गरिरहेका छौं र हामी विभिन्न प्रकारका परिस्थितिहरूको सामना गर्न सक्दछौं ।”

फिनल्यान्डले लगभग १०५ वर्षअघि रूसबाट स्वतन्त्रता प्राप्त गरेको थियो र आक्रमणकारी सोभियत सेनालाई ठूलो सङ्ख्यामा मारिएको भए तापनि त्यसको केही समयपछि रूसले फिनल्याण्डको ठूलो जनधनको क्षति पुर्याएको थियो ।

फिनल्यान्डका ३७ वर्षीय नेताले पुटिनसँगको सम्बन्धको महत्वमा जोड दिने युरोपेली सङ्घको नीतिको निन्दा गर्दै सोभियत सङ्घको पतनपूर्वका सङ्घका सदस्य राष्ट्रहरूको कुरा सुन्नुपर्ने बताइन् ।

सन् २००४ मा युरोपेली सङ्घमा सामेल भएदेखि नै इस्टोनिया र पोल्याण्डजस्ता देशले रूसका सदस्य राष्ट्रलाई पुटिनविरुद्ध कडा कदम चाल्न आग्रह गर्दै आएका छन् ।

“हामीले बाल्टिक र पोलिश साथीहरूको कुरा धेरै चाँडो सुन्नुपथ्र्योे,” मरिनले भनिन् ।

उनले भनिन्, “लामो समयदेखि युरोपले रूससँग हाम्रो आर्थिक सम्बन्ध बन्द गर्ने, रुसबाट ऊर्जा किन्ने रणनीति बनाइरहेको थियो । हामीले सोचेका थियौं कि यसले युद्धलाई रोक्नेछ । तर यो दृष्टिकोण ‘पूर्णतया गलत साबित भएको’ छ ।” रूसीहरूलाई आर्थिक सम्बन्ध र प्रतिबन्धको कुनै वास्ता नभएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलद्वारा इरानमा आक्रमण

बीबीसी । इजरायलले इरानमा क्षेप्यास्त्र प्रहार गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको

अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध

उच्च अदालतको आदेशपछि माल्दिभ्सका पूर्वराष्ट्रपति यामिन रिहा

  भ्रष्टाचार र मनी लन्ड्रिङको आरोपमा ११ वर्षको कारागार सजाय पाउनुभएका माल्दिभ्सका पूर्वराष्ट्रपति

भारमा आमचुनावः २१ राज्यमा १०२ सिटका लागि मतदान सुरु

भारतमा आजदेखि आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ