सान फ्रान्सिस्कोमा प्रहरीलाई ‘ज्यानमारा रोबट’ खटाउन दिने अधिकार



सान फ्रान्सिस्कोका विधायकहरूले शहरका प्रहरीलाई ‘ज्यानमारा रोबटहरू’ प्रयोग गर्न दिने प्रस्तावको पक्षमा मतदान गरेका छन् । यो निर्णयले एकदमै खराब परिस्थितिमा प्रहरीले विस्फोटक पदार्थ सहितका रोबटहरू खटाउनसक्ने बाटो खोलिदिएको छ ।

स्टप किलर रोबट नामक समूहकी डाक्टर क्याथरिन कोनोलीले अप्ठेरो निर्णय लिने काममा मानव संलग्न नहुने भएकाले यसको गलत प्रभाव पर्नसक्ने बताएकी छन् ।

सान फ्रान्सिस्को पोलिस डिपार्टमेन्ट (एसएफपीडी)का प्रहरीले अहिलेसम्म आफूहरूले घातक बल प्रयोग गर्ने रोबटहरूको प्रयोग नगरेको बीबीसीलाई बताएको छ । तर उनीहरूले भविष्यमा त्यस्तो घातक बल रोबटमार्फत् प्रयोग गर्नुपर्ने अवस्था भने आउनसक्ने उल्लेख गरेका छन् ।

प्रहरीका एक जना प्रवक्ताले ‘हिंसात्मक, सशस्त्र र खतरनाक संरचनाहरूलाई नष्ट गर्न रोबटहरूलाई विस्फोटक सामग्रीहरूले सुसज्जित बनाइनसक्ने’ बताए। प्रहरीले मानिसहरूको जीवनलाई जोखिम पुर्याउनसक्ने ठानिएका खतरनाक, हिंसात्मक र सशस्त्र सन्दिग्धहरूलाई निष्क्रिय बनाउनपनि रोबट खटाउन सकिने बताए ।

पैरवीकर्ताहरूले यी व्यवस्थाहरू एकदमै कठिन अवस्थाहरूमा मात्रै प्रयोग गरिने बताए। तर त्यसका विरोधीहरूले यस्तो अधिकारले प्रहरी बललाई थप सैन्यकरण गर्नसक्ने चेतावनी दिएका छन् ।

संशोधन सहित मङ्गलबार पारित भएको निर्णयले तनाव कम गर्ने वैकल्पिक रणनीति प्रयोग गरिसकेपछि मात्रै अधिकृतहरूले रोबटहरू प्रयोग गर्नसक्ने उल्लेख गरेको छ । बोर्ड अफ सुपरभाइजर्स भनिने शहरका लागि कानुन बनाउने निकायले यो निर्णय लिएको हो ।

उक्त बोर्डले सीमित सङ्ख्याका उच्च अधिकारीहरूले मात्रै रोबट प्रयोग गर्ने निर्णय लिनसक्ने जनाएको छ । विभिन्न प्रकारका घातक रोबटहरू अमेरिकाका अन्य शहरमा प्रयोगमा आइसकेका छन् ।

सन् २०१६ मा डलासका प्रहरीहरूले दुई जना अधिकारीको हत्या र अन्य कैयौँलाई घाइते बनाउने एक जना निशानेवाजको हत्या गर्न टेक्सस शहरमा सी–फोर विस्फोटक पदार्थको प्रयोग गरेका थिए ।

एसएफपीडीले उक्त विभागसँग घातक बल प्रयोग गर्ने क्षमताका कुनै पनि रोबटहरू नभएको उल्लेख गर्दै भविष्यमा आवश्यक पर्नसक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम

मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० जनाको मृत्यु

  मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई  वटा हेलिकप्टर आकाशमा ठोक्किँदा 

चीनमा पुलमा पानीजहाज ठोक्किँदा चार जना बेपत्ता

  दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान सहरमा सोमबार राति एउटा जहाज पुलसँच ठोक्किँदा