अफगानिस्तानले एक करोड ७० लाख अमेरिकी डलर लिलाम गर्ने



अफगानिस्तानको केन्द्रीय बैंक (डीएबी) ले राष्ट्रिय मुद्राको विनिमय दर लाई स्थिर गर्ने प्रयासको एक भागको रूपमा १७ मिलियन अमेरिकी डलर लिलाम गर्ने निर्णय गरेको छ ।

विगत केही सातादेखि विदेशी मुद्रा विशेषगरी अमेरिकी डलरको तुलनामा अफगानिस्तानको मुद्रा अफगानी मुद्रामा गिरावट आएको छ ।

गत साता एक अमेरिकी डलरको विनिमय दर ८८ अफगानी थियो भने मङ्गलबार स्थानीय मुद्रा सटही बजारमा यो दर ८९ अफगानी थियो ।

विगत केही महिनायता सङ्कटग्रस्त अफगानिस्तानको केन्द्रीय बैंकले विदेशी मुद्राको तुलनामा अफगानीको अवमूल्यन रोक्नका लागि देशको मुद्रा परिवर्तन गर्ने बजारमा लाखौं अमेरिकी डलर भित्राएको छ ।

युद्धग्रस्त एसियाली मुलुक अफगानिस्तानको अर्थतन्त्रलाई स्थायित्व प्रदान गर्न अन्तर्राष्ट्रिय समुदायको मानवीय सहायताअन्तर्गत गत वर्ष एक अर्ब ५० करोड अमेरिकी डलरभन्दा बढी नगद प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा

डुङ्गा दुर्घटना हुँदा १६ आप्रवासीको मृत्यु, २८ बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम