यसवर्ष ९ लाख भन्दाबढी पर्यटक भित्राउने श्रीलङ्काको योजना



श्रीलङ्का सरकारले यस वर्षको अन्त्यसम्ममा नौ लाखभन्दा बढी पर्यटक भित्राउने लक्ष्य लिएको जनाएको छ । श्रीलङ्काको पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) ले हालैको आर्थिक र राजनीतिक अस्थिरतापछि सामान्य अवस्था फर्काउने दिशामा काम गरिरहेकाले यस वर्षको अन्त्यसम्ममा नौ लाखभन्दा बढी पर्यटक भित्राउने लक्ष्य लिएको हो ।

प्राधिकरण प्रमुख प्रियन्था फर्नान्डोले सन् २०२२ को अन्त्यसम्ममा श्रीलङ्काले कम्तीमा नौ लाख ७२ हजार ४७५ पर्यटक भित्राउने लक्ष्य राखेको जानकारी दिए ।

उनले भने, “नकारात्मकताको विरुद्ध लड्दै गर्दा पछिल्लो नौ महिनाको आगमनको आँकडाबाट हामी खुसी छैनौं । यो एक क्रमिक निर्माण हो र बर्षको अन्त्यसम्ममा हामीले धेरैभन्दा धेरै पर्यटक भित्राउने योजनामा प्रतिवद्ध छौँ ।”

श्रीलङ्काका प्रमुख स्रोत बजारहरूले लगाएको यात्रा प्रतिबन्धहरू खुकुलो भए तापनि सेप्टेम्बरमा मात्र २९ हजार ८०२ विदेशी पर्यटकहरूको आगमन भएको र यहाँको राजनीति, आर्थिक सङ्कट र यसबाट प्रभावित पर्यटन सेवामा भारी प्रभाव देखिएको छ । पर्यटन उद्योगका जानकारहरूका अनुसार पर्यटन क्षेत्रको पुनरुत्थानमा देश यस क्षेत्रका प्रतिस्पर्धीहरु भन्दा निकै पछाडि छ ।

माल्दिभ्सजस्ता प्रतिस्पर्धी मुलुकले विगत केही महिनादेखि मासिक रूपमा एक लाखभन्दा बढी पर्यटकलाई स्वागत गर्दै आएका छन् भने श्रीलङ्कामा ३० हजारदेखि ६० हजारसम्म पर्यटक आउने गरेको सरकारी तथ्याङ्कले देखाएको छ ।

श्रीलङ्काको प्रमुख विदेशी मुद्रा आर्जन गर्ने स्रोतमध्येको एक पर्यटन क्षेत्र कोभिड–१९ महामारी र यसको आर्थिक तथा राजनीतिक सङ्कटका कारण धरापमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ