भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने



भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थारुरले उम्मेदवारी दर्ता गर्ने भएका छन् । उनले भने, “काँग्रेसका देशभरीका प्रतिनिधिहरुले मलाई उम्मेदवारी दर्ताका लागि उत्प्रेरित गरेका छन्, त्यसैले उनीहरुको भावना र आग्रह अनुसार मैले उम्मेदवारी दर्ता गर्न लागेको हुँ ।”

उम्मेदवारी दर्ताका लागि ५० जना प्रस्तावक चाहिनेमा सबै प्रस्तावकको तयारी भइसकेको पनि उनले जानकारी दिए । उनी अध्यक्षमा निर्वाचित भए भने भारतीय राष्ट्रिय काँग्रेसमा २५ वर्षपछि मात्रै गान्धि परिवारभन्दा वाहिरको व्यक्ति अध्यक्ष हुनेछ ।

यसअघि सन् १९९६ मा सिताराम केसरी गान्धी परिवारभन्दा वाहिरको नेता काँग्रेसको अध्यक्ष भएका थिए । उनले शरद पवार र राजेश पिलोटलाई पराजित गरेका थिए ।

त्यसपछिको निर्वाचनमा भने सन् १९९८ मा जितेन्द्र प्रसादलाई सोनिया गान्धीले अध्यक्षमा पराजित गर्नु गरेकी थिइन् । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष मधुसुदन मिस्त्रीले पार्टी केन्द्रीय कार्यालयमै उम्मेदवारी दर्ता फाराम उपलब्ध हुने जानकारी दिए ।

भारतीय राष्ट्रिय काँग्रेसलाई लामो समयदेखि अन्तरिम अध्यक्षले सञ्चालन गर्दै आएका छन् । गत आम निर्वाचनमा पार्टीले नराम्रोसँग पराजय भोगेपछि तत्कालीन अध्यक्ष राहुल गान्धीले हारको जिम्मेवारी लिदैँ नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

  अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका

दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु