यमनको शान्ति प्रक्रियाबारे छलफल



यमनमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घीय महासचिव र यमनको राष्ट्रपतीय नेतृत्व परिषदका अध्यक्षका बीचमा छलफल भएको छ । महासचिव एन्टोनियो गुटरेस र यमनको राष्ट्रपतीय नेतृत्व परिषदका अध्यक्ष रसद अल अलिमीका बीचमा आइतबार कुराकानी भएको यमनी टेलिभिजनले जनाएको छ ।

उनीहरुका बीचमा यमनमा जारी रहेको गृहयुद्धको अन्त्यका लागि आवश्यक छलफल भएको र यसका लागि शान्ति प्रक्रियाको सुरुआत गर्नुपर्ने विषयमा सहमति भएको पनि बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा सहभागी हुन जानुभएका यमनको राष्ट्रपतीय नेतृत्व परिषदका अध्यक्ष रसद अल अलिमीले महासचिव गुटरेसलाई अमेरिकाको न्युुयोर्कमा भेट गरेका थिए । त्यस क्रममा यमनमा जारी हत्या हिंसालाई रोक्न यहाँको गृहयुद्धको अन्त्य गर्न शान्ति वार्ताको प्रक्रिया अविलम्ब थाल्नुपर्नेमा उनीहरुले जोड दिएका थिए ।

भेटका क्रममा यमनको राष्ट्रपतीय नेतृत्व परिषदका अध्यक्ष रसदले महासचिव गुटरेसलाई यमनको पछिल्लो अवस्थाका साथै यहाँ शान्ति स्थापनाका लागि जारी रहेको प्रयासका बारेमा जानकारी गराएका थिए ।

त्यसक्रममा यमनको गृहयुद्ध रोक्नका लागि संयुक्त राष्ट्रसङ्घले खेलेको भूमिकाका लागि अध्यक्ष रसदले महासचिव गुटरेसलाई विशेष धन्यवाद दिएका थिए ।

उता महासचिव गुटरेसले पनि यमनमा आवश्यक सहयोग गर्न संयुक्त राष्ट्रसङ्घ तयार रहेको भन्दै यमनको गृहयुद्ध रोक्न राष्ट्रसङ्घका तर्फबाट आवश्यक पर्ने सहयोग निरन्तर राख्ने पनि जानकारी दिएका थिए । राष्ट्रसङ्घको पहलमा यमनमा शान्ति स्थापनाका लागि यसअघि पनि धेरै पटक पहल भएका र वार्ता पनि भएका थिए । तर वार्ता सफल हुन भने सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही