क्राइमियास्थित रुसी सैन्य हवाई अड्डामा भएको विस्फोटमा धेरै रुसी विमानहरु ध्वस्त



भूउपग्रहबाट खिचिएका तस्बिरहरूमा यस साताको सुरुमा भएका विस्फोटहरूपछि क्राइमियाको एक रुसी हवाई आधारक्षेत्रमा ठूलो क्षति र कैयौँ रुसी युद्ध विमानहरू ध्वस्त भएको देखिएको छ ।

रुसशासित क्राइमियाको पश्चिममा रहेको साकी आधारक्षेत्रमा मङ्गलबार शृङ्खलाबद्ध विस्फोटहरू हुँदा एक जनाको मृत्यु भएको थियो । युक्रेनले त्यसको जिम्मेवारी दाबी गरेको छैन तर यो नयाँ प्रमाणले सम्भवतः त्यहाँ निशानाबद्ध हमला भएको देखाउँछ ।

अमेरिकामा रहेको प्लानेट ल्याब्जबाट प्राप्त तस्बिरहरूमा त्यहाँ सिर्जित आगोबाट ठूलो क्षेत्र जलेको देखिन्छ । उक्त हवाई मैदानको मुख्य धावनमार्ग असररहित देखिन्छ तर कम्तीमा आठ वटा विमानहरू ध्वस्त भएको देखिन्छ । त्यहाँ कैयौँ खाल्डाहरू समेत स्पष्टसँग देखिन्छन् ।

ती धेरैजसो उक्त आधारक्षेत्रको निश्चित क्षेत्रमा देखिन्छ जहाँ धेरै सङ्ख्यामा विमानहरू खुला आकाशमै पार्क गर्ने गरिन्छ । घटना अघि र पछिका तस्बिरहरू दिएको प्लानेट ल्याब्जले युक्रेन माथिका सयौँ भूउपग्रहबाट प्राप्त विवरणहरू केलाउँछ । यस अघिसम्म ती विस्फोटनहरूले गराएको क्षतिको स्तर अस्पष्ट थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलद्वारा इरानमा आक्रमण

बीबीसी । इजरायलले इरानमा क्षेप्यास्त्र प्रहार गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको

अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध

उच्च अदालतको आदेशपछि माल्दिभ्सका पूर्वराष्ट्रपति यामिन रिहा

  भ्रष्टाचार र मनी लन्ड्रिङको आरोपमा ११ वर्षको कारागार सजाय पाउनुभएका माल्दिभ्सका पूर्वराष्ट्रपति

भारमा आमचुनावः २१ राज्यमा १०२ सिटका लागि मतदान सुरु

भारतमा आजदेखि आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ