विकासलाई अन्तर्राष्ट्रिय एजेण्डाको केन्द्रमा राख्नुपर्छः राष्ट्रपति सी



चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वव्यापी विकाससम्बन्धी उच्चस्तरीय संवादमा अन्तर्राष्ट्रिय एजेण्डाको केन्द्रमा विकासलाई राख्नुपर्नेमा जोड दिएका छन् । संयुक्त राष्ट्रसंघको दिगो विकासका लागि २०३० को एजेण्डालाई कार्यान्वयन गर्न विकासलाई सबै जनताले महत्व दिने विश्वका सबै मुलुकले राजनीतिक सहमति निर्माण गरेर अघि बढ्नुपर्ने उनले बताए ।

कोभिड–१९ महामारीले विगत धेरै वर्षमा विश्वव्यापी विकासको चरणलाई कमजोर बनाएको छ र संयुक्त राष्ट्रसंघको २०३० का लागि दीर्घकालिन विकासको एजेण्डालाई कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो ।

उत्तर–दक्षिणको अन्तर बढ्दै गएको र विश्वले खाद्य तथा ऊर्जा सुरक्षा संकटको सामना गरिरहेको भन्दै चीनका राष्ट्रपति सीले विकासलाई केही देशहरूले राजनीतिकरण र सीमान्तीकरण गरिरहेको बताए । विश्व समुदायले शान्ति, विकास र सहकार्यका लागि अझ बलियो आकांक्षाहरू राखेको र उदीयमान बजार र विकासशील देशहरूले एकतावद्ध रहने र आत्मबल खोज्ने संकल्पलाई बलियो बनाउँदै जानुपर्नेेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’