फाइजर र बायोएनटेकद्वारा ओमिक्रोनका लागि खोप परीक्षण सुरु



फाइजर र बायोएनटेकले ५५ वर्ष उमेर समूहका वयस्कमा आफ्नो ओमिक्रोन–बिशेष कोभिड–१९ खोपको सुरक्षा र रोग प्रतिरोधात्मक प्रतिक्रिया परीक्षण गर्न क्लिनिकल परीक्षण सुरु गरेको छ । फाइजरका कार्यकारी अधिकृत अल्बर्ट बोरलाले पत्रकार सम्मेलनमा भने, “खोप तथा औषधीहरूको विकास र अनुसन्धान गर्ने विशाल यो कम्पनीले मार्चसम्ममा पहिलो नतिजा निकाल्ने प्रयास गरिरहेको छ । ”

कम्पनीको खोप अनुसन्धान प्रमुख क्याथ्रिन जानसेनका अनुसार हालको तथ्याङ्कले कोभिडको यस पहिलेका भाइरसका लागि तयार पारिएको बुस्टर मात्राले पनि ओमिक्रोनबाट आउनसक्ने गम्भीर खतरालाई टाढा गर्ने अनुसन्धानले पुष्टि भइसकेको छ । यद्यपि यसबाट आउनसक्ने दीर्घकाली असरबारे सावधानीसाथ अध्ययन भइरहेका छन् ।

उनले भने, “समय बित्दै जाँदा यो सुरक्षा घट्दै गएको अवस्थामा र भविष्यमा ओमिक्रोन र नयाँ विविधताहरू समाधान गर्न सम्भावित मद्दत गर्न हामी तयार हुनुपर्ने आवश्यकतालाई स्वीकार गर्छौ ।”

जर्मनी कम्पनी बायोएनटेकका प्रमुख कार्यकारी अधिकृत उगुर साहिनले बताएअनुसार हल्का र मध्यम कोभिडविरुद्ध लड्न बनाइएको पूरानो खोपको सुरक्षाले ओमिक्रोनविरुद्ध अपेक्षित रूपमा काम नगरेको बताए ।

“यो अध्ययन विज्ञानमा आधारित विभिन्न खोप विकास गर्ने हाम्रो तरिकाको एउटा भाग हो । यसले पहिलेको विविधताविरूद्ध हाम्रो खोपले लामो समयसम्म सुरक्षा दिन्छ र यो ओमिक्रोनका लागि पनि उपयोगी छ यद्यपि यसको प्रतिरोधात्मक क्षमता ओमिक्रोनको विरामीमा अन्य विरामीको तुलनामा कम प्रभाबकारी पाइएको छ ।

यसबारे थप अनुसन्धान जारी छ । यस बिषयमा १८–५५ वर्षका एक हजार ४२० व्यक्तिहरूमा तीन समूहमा विभाजन गरी परीक्षण तथा अनुसन्धान जारी छ । फाइजरका प्रवक्ताले एएफपीलाई बताएअनुसार यसमा ५५ वर्षभन्दा बढी उमेरका मानिसहरू समावेश गरिएका छैनन् किनभने अध्ययनको लक्ष्य खोप प्रभावकारिताको अनुमान गर्नुको सट्टा सहभागीहरूको रोग प्रतिरोधात्मक प्रतिक्रिया जाँच्नु रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनको चेर्निहिभमा रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार

चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

  भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी

राष्ट्रसङ्घद्वारा प्यालेस्टाइनी क्षेत्रका लागि २.८ अर्ब डलरको फ्ल्यास अपील सार्वजनिक

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्टसङ्घीय कार्यालय (युएनओसिचएचए) ले प्यालेस्टिनी क्षेत्रका लागि २.८२२

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८