यमनको हुथी नियन्त्रित शिविरमा साउदी गठबन्धनद्वारा हवाई आक्रमण



साउदी नेतृत्वको गठबन्धनले यमनको राजधानी सानामा हुथी मिलिशियाद्वारा नियन्त्रित सैन्य शिविरमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मासिराह टिभीले जनाएको छ ।

हवाई आक्रमणबाट उत्तरी र दक्षिणी सानामा रहेको धाबान र अल–नहदयन शिविरमा आक्रमण गरेको टेलिभिजनले प्रसारण गरेको छ । साउदीको स्वामित्वमा रहेको अल–अरेबिया टिभीले गठबन्धनले साउदी अरेबियाको आभा अन्तर्राष्ट्रिय विमानस्थलमा लक्षित बमले भरिएको ड्रोनलाई रोकेको केही घण्टापछि हवाई आक्रमण भएको हो ।

इरान समर्थित हुथी मिलिसियाले हालै सीमापार क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई तीव्र पारेको छ । फेब्रुअरीमायमन विद्रोही समूहले मध्य यमनको अत्यधिक तेल रहेको प्रान्त मारिब कब्जा गर्न साउदी समर्थित सरकारी सेना विरुद्ध ठूलो आक्रमण सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारत र पाकिस्तानबीच सोमबार नयाँदिल्लीमा वार्ता हुने

भारत र पाकिस्तानबीच सिन्धु जलस्रोत स्थायी आयोगको ११८ औँ वार्ता सोमबार नयाँदिल्लीमा हुने

२० देशमा फैलियो मङ्कीपक्स

विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले

पाकिस्तानद्वारा प्रस्तावित विश्वव्यापी सुरक्षा प्रयासको स्वागत

पाकिस्तानले चीनको प्रस्तावित विश्वव्यापी सुरक्षा प्रयास (ग्लोबल सेक्युरिटी इनिसिएटिभ, जिएसआई)को स्वागत गरेको छ

चीन र रुसको भिटोले उत्तर कोरियाविरुद्धको प्रतिबन्ध प्रस्ताव असफल

प्रजातान्त्रिक जनगणतन्त्र कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउने उद्देश्यले सुरक्षा परिषद्मा प्रस्तुत प्रस्ताव असफल भएको