रुसको भू-उपग्रह नष्ट पार्ने खालको क्षेप्यास्त्र परीक्षणप्रति अमेरिकाको आक्रोश



अमेरिकाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा रहेका चालक दलका सदस्यलाई नै जोखिममा पार्ने गरी रुसले खतरनाक र गैरजिम्मेवारपूर्ण क्षेप्यास्त्र परीक्षण गरेको भन्दै त्यसको निन्दा गरेको छ ।

उक्त परीक्षणका क्रममा एउटा रुसी भू–उपग्रह ध्वस्त भएको छ । त्यसले अन्तरिक्ष केन्द्रमा अवशेषहरू उत्पन्न गर्दा त्यहाँ रहेका चालक दलका सदस्यहरूले पृथ्वीमा अवतरण हुने यानमा शरण लिनु परेको बताइएको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा हाल सात जना चालक दलका सदस्यहरू रहेका छन् ।

त्यसमध्ये चार जना अमेरिकी, एक जना जर्मन र दुईजना रुसी रहेका छन् । अन्तरिक्ष केन्द्रले पृथ्वीभन्दा करिब ४२० किलोमिटरको उचाइमा परिक्रमा गर्ने गर्छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले रुसी सङ्घले लापरबाहीका साथ आफ्नै एउटा भू–उपग्रहमाथि एउटा एन्टी–स्याटेलाइट क्षेप्यास्त्र प्रहार गरेको बताए ।

उनले उक्त परीक्षणले हालसम्म सहजै पत्ता लगाउन सकिने एक हजार पाँच सय टुक्रा अवशेषहरू उत्पन्न गरेको र त्यसभन्दा साना सयौँ हजार त्यस्ता अवशेषहरू उत्पन्न भएको बताए । ती अवशेषहरूका कारण सबै देशहरूलाई अहित हुने उनको भनाइ छ । रुसी अन्तरिक्ष एजेन्सीले चाहिँ उक्त घटनालाई कम महत्पपूर्ण भनेको छ ।

उक्त एजेन्सीले ट्वीट गर्दै एउटा मापदण्ड अनुसार चालक दलका सदस्यहरू सुरक्षित स्थानमा सरेको बताएको छ । अवशेषहरू कुनै पनि घटनाविनै पार भए पनि अहिले त्यसले विवाद निम्त्याएको हो ।

ती अवशेषहरू रुसी भू–उपग्रह कोस्मोस्–१४०८ बाट आएका जस्तो देखिएको छ । उक्त जासुसी भू–उपग्रह सन् १९८२ मा अन्तरिक्षमा पठाइएको थियो र त्यसको तौल एक टनभन्दा बढी थियो । तर उसले केही वर्षअघि नै काम गर्न बन्द गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अत्यधिक क्षमताको समस्यालाई सम्बोधन गर्न येलेनले चीनसँग आग्रह गर्ने

अमेरिकी वित्तमन्त्री जेनेट येलेनले विद्युतीय सवारी जस्ता उद्योगमा चीनबाट सस्तो निर्यातमा भएको वृद्धिले

जलवायु सङ्कटमा विश्वव्यापी प्रतिक्रियाको आवश्यकतामा बोआओ फोरमको जोड

सन् १९९० को दशकको सुरुमा जलवायु परिवर्तनको मुद्दालाई मानव समाजले मान्यता दिएपछि र

विश्वभरका घरपरिवारले एक दिनमा एक अर्ब डलरको खाना खेर फाल्ने गरेका खुलासा

  विश्वभरका परिवारले सन् २०२२ मा प्रत्येक दिन एक अर्ब डलरको खाना खेर

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई