राष्ट्रपति सी र राष्ट्रिय नैतिक आदर्श नायक बीच भेटवार्ता



चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले बेइजिङमा राष्ट्रिय नैतिक आदर्श र मनोनयन पुरस्कार विजेताहरूसँग भेट गरेका छन् । उक्त अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले बधाइ तथा शुभकामना व्यक्त गरेका छन् । सो अवसरमा विजेताहरूसँगको कुराकानी पछि सामूहिक तस्बीर लिइएको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सचिवालयका सदस्य वाङ हुनिङले बैठकमा भाग लिएर रोल मोडलसहितको गोष्ठीमा सम्भाषण गरेका थिए ।

वाङले नैतिक प्रगतिको प्रवर्द्धनका लागि सीको विचार–विमर्शलाई सम्पूर्ण प्रक्रिया र सबै पक्षहरूमा लागू गरिनुपर्ने कुरामा जोड दिँदै मोडेलहरूले खेलेको नैतिक भूमिका अनुकरणीय रहेको बताए ।

सम्भाषणका क्रममा वाङले युवाहरूको बौद्धिक र नैतिक स्तरलाई माथि उठाउनुपर्नेमा जोड दिए । उक्त अवसरमा कुल ६८ जना उम्मेदवारलाई राष्ट्रिय नैतिक आदर्शका रूपमा सम्मानित गरिएको र २५४ जनाले मनोनयन पुरस्कार प्राप्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा

डुङ्गा दुर्घटना हुँदा १६ आप्रवासीको मृत्यु, २८ बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम