युरोप फेरि कोभिड महामारीको केन्द्र बन्ने विश्व स्वास्थ्य सङ्गठनको चेतावनी



विश्व स्वास्थ्य संगठनले युरोप पुनः एकपटक कोभिड महामारीको केन्द्र बन्न सक्ने चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा डब्ल्यूएचओका युरोप प्रमुख हान्स क्लुग्अले फेब्रुअरीसम्ममा युरोप महादेशमा कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या पाँच लाखभन्दा धेरै पुग्नसक्ने बताए । उनले खोप पर्याप्त मात्रामा नलगाइँदा सङ्क्रमितको सङ्ख्या बढको बताए ।

उनले भने,‘हामीले हाम्रो काम गर्ने तरिकामा परिवर्तन गर्नुपर्छ। कोभिड–१९ बढेकोमा प्रतिक्रिया जनाउने भन्दा सुरुमै यो सङ्क्रमण हुन नदिनेतर्फ काम गर्नुपर्छ ।’ हालैका महिनामा युरोपमा खोप लगाउने दर घटेको थियो ।

स्पेनमा करिब ८० प्रतिशत मानिसले दुवै मात्रा खोप लगाएका छन् भने फ्रान्स र जर्मनीमा भने क्रमशः ६८ र ६६ प्रतिशतले मात्रै लगाएका छन् । पूर्वी र मध्ययुरोपका केही देशमा त खोप लगाउनेको सङ्ख्या अझै कम रहेको छ । सन् २०२१ को अक्टोबरसम्ममा जम्मा ३२ प्रतिशत रुसीहरूले मात्रै पूर्ण मात्रा खोप लगाएका छन् ।

डब्ल्यूएचओका युरोप प्रमुख क्लुग्अले सङ्क्रमणबाट जोगिनका लागि अपनाउनुपर्ने नियमलाई खुकुलो पारिएका कारण पनि सङ्क्रमण बढेको बताएका छन् । युरोपेली क्षेत्रमा मध्यएसियाका केही भागसहित ५३ देश समेटिन्छन् । डब्ल्यूएचओले अहिलेसम्म उक्त क्षेत्रमा १४ लाख मानिसको मृत्यु भइसकेको पुष्टि गरेको छ ।

डब्लूएचओका कोभिड–१९ प्राविधिक प्रमुख मरिया भान कर्कोफले खोप र सामाग्रीको उपलब्धताका बावजुद विगत चार सातामा युरोपभरि सङ्क्रमित ५५ प्रतिशतले बढेको बताइन् । उनका सहकर्मी डाक्टर माइक रायनले पनि युरोपको अहिलेको अनुभव विश्वका लागि चेतावनी भएको बताए । जर्मनीमा विगत २४ घण्टामा नयाँ सङ्क्रमितको दैनिक सङ्ख्या ३४ हजार पुगेका बेला उनले यस्तो चेतावनी दिएका हुन् ।

जर्मनीको यो दैनिक सङ्ख्या यूकेको हालैको सबैभन्दा धेरै दैनिक सङ्ख्या ३७ हजारभन्दा कम नै हो । तर जनस्वास्थ्यका अधिकारीहरू भने सङ्क्रमणको चौथो लहरले स्वास्थ्य प्रणालीमा ठूलो दबाब पर्ने र धेरै सङ्ख्यामा मानिसहरूको मृत्यु हुनसक्ने भन्दै चिन्तित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध

उच्च अदालतको आदेशपछि माल्दिभ्सका पूर्वराष्ट्रपति यामिन रिहा

  भ्रष्टाचार र मनी लन्ड्रिङको आरोपमा ११ वर्षको कारागार सजाय पाउनुभएका माल्दिभ्सका पूर्वराष्ट्रपति

भारमा आमचुनावः २१ राज्यमा १०२ सिटका लागि मतदान सुरु

भारतमा आजदेखि आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ

युक्रेनको चेर्निहिभमा रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार