बेलायतमा एकैदिन ५० हजारलाई कोरोना संक्रमण



बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएका छन् । पछिल्लो २४ घण्टा यतामात्र कोरोना भाइरसका करिब ५० हजार सङ्क्रमित भेटिएका छन् । बेलायतका अधिकारीहरुले कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको देखिएको बताएका छन् । सोमबार यहाँ ४९ हजार १५६ जना सङ्ंक्रमित देखिएका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यो संख्या यहाँ महिनौँपछिको सबैभन्दा धेरै हो । पछिल्ला केहीदिनमा यहाँ संक्रमण झन् बढेको पाइएको छ । अधिकारीहरुले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या करिब ८५ लाख पुगेको पनि जनाएका छन् ।

यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार यहाँ पछिल्लो २४ घन्टामा ४५ जनाको निधन भएको छ । यो समेतगरी यहाँका १ लाख ३८ हजार भन्दा धेरै मानिसको यो सङ्क्रमणबाट ज्यान गएको छ ।

महिनौँपछि यहाँ ठूलो संख्याका सङ्क्रमितहरु पाइएका भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले थप सतर्कताका लागि आग्रह गरेका छन् । स्वास्थ्य अधिकारीले यहाँ धेरै समयपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको बताएका छन् । बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये सात हजार ७०० जना अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ