राष्ट्रपति अल्बेर्टोद्वारा अर्जेन्टिनाको मन्त्रिपरिषद हेरफेर



अर्जेन्टिनाको मन्त्रिपरिषद फेरि फेरबदल गरिएको छ । राष्ट्रपति अल्बेर्टो फेर्नान्डोजले नयाँ राजनीतिक संकट उत्पन्न भएसँगै मन्त्रिपरिषद्मा पुनः हेरफेर गरेका हुन् ।

नयाँ मन्त्रिपरिषद्मा अनिबाल फर्नेन्डोजले सुरक्षा, जुलियन डोमिन्गुजले कृषि, जोन पेर्जाक्सले शिक्षा र डानियल फिल्मुसले विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् । योसँगै प्रमुख प्रशासकको जिम्मेवारी पनि जोन मन्जुरलाई दिइएको छ ।

उनी यसअघि तुकुमन प्रान्तको गभर्नर थिए । राष्ट्रपति फेर्नान्डोजले विदेश मन्त्रीलाई पनि उनी विदेशमा रहेका बेला पदमुक्त गरेका छन् । विदेश मन्त्री फिलिप सोला ल्याटिन अमेरिकी समूदायको सम्मेलनमा सहभागी हुन मेक्सिको गएका छन् ।

सम्मेलन शनिबारदेखि शुरु भएको छ । सम्मेलनमा राष्ट्रपति फेनार्न्डेज समेत सहभागी हुने कार्यक्रम भएको भएपनि उनको भ्रमण स्थगित भएको छ । उनले देश भित्रको राजनीतिक संकटकै कारणले भ्रमण स्थगित गरेको सचिवालयले जनाएको छ ।

उनले अर्को हप्ता अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा समेत सहभागी नहुने निर्णय सुनाइसकेका छन् । मन्त्रिपरिषद्का नयाँ सदस्यहरूलाई सोमबार सपथ ग्रहण गराउँदै जिम्मेवारी सुम्पिने राष्ट्रपतिको योजना छ । उनले जोन रोसलाई नयाँ सञ्चार सचिवको रूपमा नियुक्त गरेका छन् । यसअघि सो पदमा जोन पाब्लो बिओन्डी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही

थाइल्याण्डमा यसवर्ष ‘लु’बाट ३० जनाको मृत्यु

  यस वर्ष ‘लु’बाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको

अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो

बीबीसी । अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक