चीन र रुसका विदेशमन्त्रीबीच भेटवार्ता



चीन र रुसका विदेशमन्त्रीबीच आगामी दिनमा एक आपसमा मिलेर अघि बढ्ने र आपसी सहयोगका कार्यक्रमहरुलाई साथ साथमा अघि बढाउने सहमति भएको छ ।

दुई मन्त्रीबीच हिजो भएको भेटवार्ताका क्रममा यस्तो सहमति भएको हो । उनीहरुबीच द्धिपक्षीय हित र अन्य सहयोगका क्षेत्रहरुमा सहकार्य गर्ने बारेमा समझ्दारी भएको बताइएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभबीच बिहीबार भेटवार्ता भएको हो । उनीहरुले यी दुई देशबीच विगत लामो समयदेखि नै सुमधुर सम्बन्ध रही आएको भन्दै आर्थिक, सामाजिक तथा अन्य मुद्धाहरुमा आपसी साझा सहमतिका साथ अघि बढ्ने बारेमा छलफल भएको बताइएको छ ।

उनीहरुबीच हाल विश्वव्यापी रुपमा देखिएको कोरोना महामारीका विरुद्धमा पनि मिलेर अघि बढ्ने सहमति भएको थियो । महामारीका विरुद्धको सहयोग र सहकार्यलाई एकसाथ अघि बढाइने चिनियाँ विदेशमन्त्रीले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’