प्रदर्शनकारीमाथि तालिबानको दमन, चार जनाको मृत्यु



अफगानिस्तानमा अहिले पनि तालिबानको विरोध गर्दै प्रदर्शन भइरहेको बताइएको छ । ती प्रदर्शनमा केही मानिस हताहत भएका जनाइएको छ । यस्तै तालिबान विरोधी प्रदर्शनका क्रममा शनिबार मात्र पनि चार जनाको मृत्यु भएको बताइएको छ ।

राजधानी काबुलमा भेला भएका मानिसमाथि तालिबानीले बल प्रयोग गरेर दमन गरेको बताइएको छ । दमनमा परी चार जनाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सो कार्यको राष्ट्रसङ्घले विरोध पनि गरेको छ ।

राष्ट्रसङ्घका अधिकारीका अनुसार तालिबानका विरुद्धमा राजधानी काबुलमा भएका विरोध प्रदर्शनमा पछिल्ला प्रदर्शनमा चार जनाको मृत्यु भइसकेको छ ।

झन्डै एक महिनाअघि राजधानी काबुल तालिबानको नियन्त्रणमा पुगेपछि अफगानिस्तानका विभिन्न स्थानमा महिला अधिकार र स्वतन्त्रताका पक्षमा प्रदर्शन भइरहेका छन् । ती प्रदर्शनकारीहरुमाथि तालिबानहरुले बल प्रयोग गर्ने गरेका छन् ।

तालिबानी लडाकूले कोर्रा हानेर मानिसलाई धपाउने र गोली प्रहारसमेत गर्ने गरेका बताइएको छ । राष्ट्रसङ्घले नागरिकको शान्तिपूर्णरुपमा भेला हुन पाउने अधिकार प्रयोग गर्न दिन आग्रह पनि गरेको छ ।

नागरिकले शान्तिपूर्णरुपमा भेला भएर आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै त्यसका विरुद्ध बल प्रयोग गरेर नागरिकको हत्या गर्नु अपराध भएको राष्ट्रसङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फ्रान्सद्वारा ओलम्पिकअघि पेरिस स्क्वाटबाट सयौँ आप्रवासी निष्कासित

  फ्रान्सेली अधिकारीहरूले ओलम्पिक सुरु हुनुअघि मात्र एक सय दिनअघि बुधबार पेरिसको दक्षिणी

पश्चिम जापानमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

दक्षिणपश्चिमी जापानमा बुधबार राति ६ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण

म्यान्माकी नेत्री सुकीलाई कारागारबाट सारेर घरमा नजरबन्द

  जुन्ता सरकारले कैदीहरूलाई लुको लहरबाट बचाउने कदम चालेको घोषणा गरेसँगै कारागारमा रहेकी

भारी वर्षापछि दुबई बाढीको चपेटामा

  कीर्तिमानी वर्षाले प्रभावित हुँदा वित्तीय केन्द्र दुबईका विशाल राजमार्गहरू बाढीले अवरुद्ध भएका