अफगानिस्तानका पूर्वउपराष्ट्रपति सालेहको भाइको हत्या



तालिबानले अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्लाह सालेहका भाइको हत्या गरेका छन् । सालेहको परिवारले समाचार संस्था रोयटर्सलाई सालेहका भाइ रोहुल्ला अजिजीको तालिबानले हत्या गरेको जानकारी दिएको हो । सालेहका भतिजाले एउटा सन्देश पठाएर अजिजीको हत्या भएको जानकारी दिएका हुन् ।

तालिबानले उनको अन्तिम संस्कार गर्न नदिएको र शव त्यसै सडोस् भनेका बताएका छन् । पंजशीर उपत्यकामा भएको संर्घषका बीच उनी मारिएको तालिबानले बताएको छ । कुनै समय पश्चिमा देशहरूको समर्थन प्राप्त गरेका उपराष्ट्रपति सालेहको अवस्थाका बारेमा अहिलेसम्म कुनै जानकारी सार्वजनिक भएको छैन ।

तालिबानले भने पंजशीर उपत्यका पूर्ण रूपमा कब्जामा लिएपछि सालेह भागेको दाबी गर्दै आएको छ । अफगानिस्तानको नेसनल रेसिस्टेन्स फ्रन्टले तालिबानविरुद्ध केही दिन संघर्ष जारी राखे पनि हार बेहोरेको छ । हारका बाबजुद फ्रन्टका नेता अहमद मसूदले राजधानी बजारकमा तालिबानविरुद्ध संघर्ष जारी राख्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा

डुङ्गा दुर्घटना हुँदा १६ आप्रवासीको मृत्यु, २८ बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम