फिलिपिन्सका राष्ट्रपति रोड्रिगो अब निर्वाचनमा उपराष्ट्रपति पदमा उठ्ने



फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले आगामी निर्वाचनमा उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिन आफ्नो दलको मनोनयन स्वीकार गरेका छन् । फिलिपिन्सको संविधानले राष्ट्रपतिलाई दोस्रो कार्यकाल काम गर्न अनुमति दिँदैन । डुटेर्टेले शक्तिमा बसिरहने उद्देश्यसहित उपराष्ट्रपति पदमा चुनावमा उठ्न खोजेको आरोप विपक्षीहरूले लगाएका छन् ।

तर डुटेर्टेले आफू देशको मायाबाट प्रेरित भएको दाबी गरेका छन् । उपराष्ट्रपति बनेर आफूले नै सत्ता चलाउन डुटेर्टले राष्ट्रपति पदका लागि कमजोर पात्र खोजेको कतिपयको आशङ्का छ । रोड्रिगो डुटेर्टेले उनी निकट सिनेटर क्रिस्टोफर बोङ गोलाई राष्ट्रपति पदमा उम्मेदवारी दिन आग्रह गरेका थिए । तर बुधवार पार्टीले गरेको प्रस्ताव आफ्नो मन र मस्तिष्क जनताको सेवामा केन्द्रित रहेको भन्दै उनले अस्वीकार गरे ।

गोले आफ्नो निर्णय पुनर्विचार गरून् भन्ने पार्टीले चाहेको भए पनि डुटेर्टेकी छोरीले राष्ट्रपति पदमा उम्मेदवारी दिन सक्ने सङ्केत देखिएको छ ।

यसै वर्ष भएका सबैजसो मत सर्वेक्षणमा अग्रस्थानमा देखिएकी सारा डुटेर्टे कार्पियोले उम्मेदवारी दिने विषयमा मिश्रित सङ्केतहरू देखाएकी छन् । डुटेर्टे सन् २०१६ मा निर्वाचन जितेर राष्ट्रपति बनेका थिए ।

उनले अपराध घटाउने र लागुऔषधको समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए। तर आलोचकहरूले डुटेर्टेले सन्दिग्ध मानिसको गैरन्यायिक हत्या गर्न प्रहरीलाई प्रोत्साहन गरेको बताउने गरेका छन् । उनी राष्ट्रपति भएको पहिलो छ महिनामा सात हजार जनाभन्दा बढी मानिसको प्रहरी वा परिचय नखुलेका सशस्त्र समूहले हत्या गरेको एम्नेस्टी इन्टरनेशनलको एउटा प्रतिवेदनले देखाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ