म्यान्मारको सैन्य सरकारद्वारा ‘बौद्धमार्गी बिन लादेन’ थुनामुक्त



म्यान्मारको सैन्य सरकारले विवादास्पद बौद्धभिक्षु वशिन विराडुलाई जेलमुक्त गरेको छ। उनी अतिराष्ट्रवादी र मुस्लिमविरोधी उग्र भाषणका कारण विवादित छन् । उनलाई निर्वाचित सरकारविरुद्ध द्रोह गरेको अभियोग लागेको थियो।

गत वर्ष सैन्य कूबाट उक्त सरकार विस्थापित भइसकेको छ । चर्को कुरा गर्ने यी भिक्षु सेनाको समर्थन गर्छन् । मुस्लिम तथा विशेषगरी रोहिन्ज्या समुदायलाई लक्ष्य गरेर उग्र भाषण गर्ने भएकाले उनलाई “बौद्धमार्गी बिन लादेन“ को सङ्ज्ञा दिइएको छ ।

उनी सेनाको समर्थनमा आयोजित र्यालीहरूमा राष्ट्रवादी भाषण तथा नेत्री आङ सान सू ची तथा उनको दल न्याश्नल लीग फर डिमोक्रेसीले नेतृत्व गरेको सरकारको आलोचना गर्दै सहभागी हुने गर्थे ।

सन् २०१९ मा उनलाई नागरिक सरकारविरुद्ध घृणा र द्वेष फैलाएको अभियोग लगाइयो । त्यसपछि भागेका विराडुले गत वर्ष नोभेम्बरमा उनले आत्मसमर्पण गरेका हुन् । उनी आफूविरुद्ध हालिएको मुद्दाको सुनुवाइ पर्खिरहेका थिए । सैन्य सरकारले उनीविरुद्धका सबै अभियोग फिर्ता लिइएको सोमबार बताएको छ। तर त्यसबारे कुनै कारण उल्लेख गरिएको छैन ।

सैन्य सरकारका अनुसार ती भिक्षुको एउटा सैनिक अस्पतालमा उपचार हुँदैछ। उनलाई के भएको हो भन्ने थाहा हुन सकेको छैन । बौद्धमार्गीहरूलाई आफ्नै समुदायले चलाएको पसलमा किनमेल गर्न, समुदायभित्रै सम्पत्ति बेचबिखन गर्न र बिहेवारी गर्न आह्वान गर्दै सञ्चालित राष्ट्रवादी ९६९ अभियान का उनी एक प्रमुख व्यक्तित्व थिए ।

चर्चाको शिखरमा हुँदा दशौँ हजार मानिसले उनको धार्मिक प्रवचन सामाजिक सञ्जालमा सुन्थे। उनी सहभागी  र्यालीमा पनि ठूलो सङ्ख्यामा मानिसहरू जान्थे । रखाइन प्रान्तमा मुस्लिम र बौद्ध समुदायबीच हिंसा फैलिएको बेला उनले सन् २०१२ मा गरेको भाषणले विराडु चर्चित हुन पुगे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटिएको डब्लुएचओद्वारा जानकारी

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका