पन्जशिरमा विजयी भएको तालिबानको घोषणा



तालिबानले अफगानिस्तानको उत्तर पूर्वी क्षेत्रमा रहेको पन्जशिर उपत्यकामा भएको पछिल्लो युद्धमा आफूहरू विजयी भएको घोषणा गरेको छ । तालिबानको प्रतिरोध हुँदै आएको उक्त प्रान्त तालिबानको शासनभन्दा बाहिर थियो ।

उक्त समूहले सोमबार एउटा भिडियो फुटेज सार्वजनिक गरेको छ, जसमा लडाकुहरूले तालिबानको झन्डा उचालेको देखिन्छ । तालिबानको प्रतिरोध गरिरहेको समूहले भने आफूहरू सबै रणनीतिक स्थानहरूमा उपस्थित रहेको बताउँदै लडाइँ जारी राख्ने जनाएको छ । उक्त समूहका नेताले तालिबानविरुद्ध देशैभरि विद्रोहको आह्वान गरेका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा अडियो रेकर्डमा नेशनल रिजिस्टन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) का नेता अमहम मसूदले तालिबानलाई मान्यता दिएको र उनीहरूलाई सैन्य तथा राजनीतिक विश्वास दिलाएको अन्तर्राष्ट्रिय समुदायलाई आरोप लगाए । तालिबानले तीन हप्ताअघि अफगानिस्तान आफ्नो नियन्त्रणमा लिएको थियो ।

राजधानी काबुलमा उसले अगस्ट १५ तारिखमा पकड स्थापित गरेको थियो । भिरालो पर्वतले घेरिएको पन्जशिर उपत्यकामा डेढदेखि दुई लाख मानिसहरू बसोबास गर्छन् । यसअघि सोभियत सङ्घ र तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गर्दा पनि पन्जशिर उनीहरूको नियन्त्रणमा गएको थिएन । सन् १९८० को दशकमा सोभियत सेनाविरुद्ध र सन् १९९६ देखि २००१ सम्म तालिबानको प्रतिरोध भएको थियो ।

पन्जशिरका अग्ला चट्टान र दुई पहाडका बीचमा रहेका खोँचहरूले उक्त स्थानलाई बलियो गढमा बदल्छन् । बीचबाट पन्जशिर नदी बगेको उक्त उपत्यका अफगानिस्तान र उत्तर–पश्चिम पाकिस्तानबीच रहेको हिन्दकुश पर्वत शृङ्खला नजिक छ ।

उक्त क्षेत्रमा बहुमूल्य धातुका खानी, जलविद्युत् बाँधहरू र वायु ऊर्जा केन्द्र रहेका छन् । र, अमेरिकाले त्यहाँ सडक निर्माण तथा काबुलबाट सङ्केत प्राप्त गर्न सक्ने रेडियो टावर निर्माणमा सहयोग गरेको छ । तर आर्थिक रूपमा भने यो क्षेत्र अफगानिस्तानको अत्यावश्यक क्षेत्रमा पर्दैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनले युद्धका लागि सैन्य सेवा उमेरका नागरिकलाई स्वदेश फिर्ता बोलाउने

सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश फर्कन प्रोत्साहित गर्ने नयाँ उपायहरू

बाइडेनको अभियान फ्लोरिडामा, गर्भपतन अधिकार अभियानको प्रमुख बिषय

गर्भपतन अधिकारका लागि गरेको प्रयास रुढिवादी झुकाव भएको फ्लोरिडा राज्यमा प्रतिध्वनित हुने आशामा

म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा

डुङ्गा दुर्घटना हुँदा १६ आप्रवासीको मृत्यु, २८ बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको