भारतमा थप ४१ हजारलाई कोरोना संक्रमण



भारतमा कोरोना भाइरसबाट मङ्गलबार थप ४१ हजार ९६५ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा ४६० जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म चार लाख ३९ हजार २० जनाको मृत्यु भएको पनि मन्त्रालय जनाएको छ । पछिल्लो २४ घण्टामा देशभरका सङ्क्रमितमध्ये केरलामा मात्रै ३० हजार २०३ जना सङ्क्रमित भएका अधिकारीले जनाएका छन् ।

सोही अवधिमा केरलामा ११५ जनाको मृत्यु भएको छ । अहिलेसम्म कूल तीन करोड १९ लाख ९३ हजार ६४४ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये ३३ हजार ९६४ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन् । भारतमा कोरोना सङ्क्रमितको कूल सङ्ख्याको ९७.५१ प्रतिशत कोरोना सङ्क्रमणबाट निको भएका छन् ।

भारतमा अहिलेसम्म कूल सङ्क्रमित तीन करोड २७ लाख ६८ हजार ८८० जना पुगेका मन्त्रालयले बुधबार जनाएको छ । कूल सङ्क्रमितमध्ये तीन लाख ७८ हजार १८१ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या कूल सङ्क्रमितमध्येको १.१५ प्रतिशत हो ।

भारतमाा कोरोना भाइरस शुरु भएदेखि हालसम्म ५२ करोड ३१ लाख ८४ हजार २९३ व्यक्तिलाई कोरोना भाइरसको परिक्षण गरिएको छ । मङ्गलबार एकै दिनमा १६ लाख छ हजार ७८५ जना कोरोना परिक्षण भएको समाचारमा जनाइएको छ ।

यहाँ गएको जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म ६४ करोड ४१ लाख डोज कोरोनाविरुद्धको खोप लगाइएको समाचारमा जनाइएको छ । गत अगस्तभर मात्र १८ करोड तीन लाख डोज कोरोनाविरुद्ध खोप लगाइएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ

चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिशन कार्यको खुलासा

  सेनझोउ–१८ का अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसनमा आफ्नो छ महिनाको बसाइमा विभिन्न

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

  जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को चिसो चन्द्र रातमा