अरु भेरियन्ट भन्दा डेल्टा भेरियन्ट खतरा



कोरोनाभाइरसको डेल्टा भेरियन्टबाट बिरामी परेका मानिसहरू अल्फा र केन्ट भेरियन्टबाट बिरामी परेकाभन्दा बढी सिकिस्त हुने तथ्याङ्कहरूले देखाएका छन् । बेलायतमा गरिएको एक अध्ययनले डेल्टाबाट सङ्क्रमित मानिसहरूलाई अरू भेरियन्टभन्दा बढी अस्पताल जानुपर्ने अवस्था आएको समेत देखाएको छ ।

कोभिडविरुद्ध खोपको महत्वमा जोड दिँदै चिकित्सासम्बन्धी अनुसन्धान प्रकाशन गर्ने लान्सेट जर्नलमा छापिएको प्रतिवेदनले कोभिड खोपले डेल्टासहित जुनसुकै भेरियन्टबाट पनि सिकिस्त बिरामी हुनबाट रोक्ने उल्लेख गरेको छ ।

बेलायतलगायत धेरै देशहरूमा डेल्टा भेरिअन्ट मुख्य चुनौतीको रूपमा देखिएको छ । पब्लिक हेल्थ इङ्गल्यान्ड र मेडिकल रिसर्च काउन्सिलले गत मार्चदेखि मे महिनाबीचका ४३ हजार ३३८ कोभिड सङ्क्रमितको अध्ययन गरेका थिए ।

डेल्टा र अल्फा भेरिअन्ट फैलिएको उक्त समयमा गरिएको अध्ययनले एक मात्रा पनि खोप नलगाएका मानिसहरू बढी सङ्क्रमित भएको देखाएको थियो ।

अध्ययनमा समेटिएकामध्ये अधिकांशलाई अस्पताल जानुपर्ने आवश्यकता नपरे पनि डेल्टा भेरियन्टबाट सङ्क्रमित मध्ये २.३ प्रतिशत अर्थात् १९६ जनालाई र अल्फा भेरियन्टबाट सङ्क्रमित मध्ये २.२ प्रतिशत अर्थात् ७६४ अस्पतालको आवश्यकता परेको थियो ।

फरक–फरक उमेर, लिङ्ग र जातजातिको विवरण मिलाउँदा अल्फाभन्दा डेल्टा भेरियन्टबाट सङ्क्रमित हुनेहरू अस्पताल भर्ना हुनुपर्ने खतरा समेत दोबर देखिएको थियो । विज्ञहरूले उच्चतम सुरक्षाका लागि दुवै मात्रा खोप लगाउनुपर्ने बताएका छन् ।

पब्लिक हेल्थ इङ्गल्यान्डको पछिल्लो विश्लेषणले फाइजर खोप लगाएकाहरूलाई ९६ प्रतिशत र आस्ट्राजेनेका लगाएकाहरूलाई ९२ प्रतिशतसम्म अस्पताल भर्ना हुनबाट बचाउने उल्लेख गरेको छ।

अन्य अनुसन्धानहरूले लक्षण सहितको सङ्क्रमणबाट बचाउने दर भने निश्चित समयपछि खस्कँदै जाने बताएका छन् । तर पनि खोपहरूले डेल्टा भेरियन्टले निम्त्याउने अस्पताल भर्ना र मृत्युलाई रोक्न निकै सहयोग गर्ने अनुसन्धानले देखाएको छ ।

बेलायतमा १६ वर्ष माथिका ८८ प्रतिशत अर्थात् चार करोड ७९ लाख मानिसहरूले कोभिड खोपको पहिलो मात्रा लगाइसकेका छन् । दोस्रो मात्रा लगाउने चार करोड २० लाख अर्थात् ७८ प्रतिशत छन् ।

दोस्रो मात्रा लगाएको पनि केही हप्तापछि मात्रै कोभिडबाट बच्ने प्रतिरक्षा विकास हुने बताइएको छ । ‘खोपहरूले डेल्टा भेरिअन्टबाट पनि बचाउने हामी सबैलाई थाहा भइसकेका कारण अब खोप लगाउन बाँकी सबैले सकेसम्म छिटो दुवै मात्रा खोप लगाउन आवश्यक छ’ पब्लिक हेल्थ इङ्गल्यान्डका डा. गभिन दबरेरा भन्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ