पाकिस्तानका विदेशमन्त्री अफगानिस्तान जाने कार्यक्रम नरहेको पाकिस्तानको भनाइ



पाकिस्तान सरकारले विदेशमन्त्री अफगानिस्तानको भ्रमणमा जाने भन्ने हल्ला मात्र भएको बताएको छ । आइतबार पाकिस्तानका केही सञ्चारमाध्यमहरुले पाकिस्तानका विदेशमन्त्री अफगानिस्तानको भ्रमणमा जाने समाचार सार्वजनिक गरेका थिए ।

तर पाकिस्तानले भने सो समाचार सत्य नभएको जनाएको छ । पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर समाचारमा कुनै सत्यता नभएको र पाकिस्तानका विदेशमन्त्रीले अफगानिस्तानको भ्रमण गर्ने कुरा हल्लामात्र भएको जनाएको हो ।

पाकिस्तानका विदेशमन्त्री साह मोहमद कुरेसीले अफगानिस्तानको भ्रमण गर्ने भन्ने समाचार आएपछि विदेश मन्त्रालयलका प्रवक्ता जाहिद हाफिज चौधरीले विज्ञप्तिमार्फत त्यसको खण्डन गरेका हुन् ।

सउनले आइतबार साँझ प्रकाशन गरेको विज्ञप्तिमा भनेका छन्, “यो सबै हल्लामात्र हो, पाकिस्तानका विदेशमन्त्री अहिले अफगानिस्तानको भ्रमणमा जाने कुनै कार्यक्रम नै छैन ।” यसअघि पाकिस्तानका विदेशमन्त्रीले अफगानिस्तानको विषयमा आवश्यक छलफल र परामर्श गर्नका लागि भन्दै विभिन्न छिमेकी देशको भ्रमण गर्ने कार्यक्रम रहेको थियो ।

विदेश मन्त्रालयका प्रवक्ता चौधरीले अहिले सो कार्यक्रम पनि स्थगित गरिएको र अफगानिस्तानका विषयमा आवश्यक सहयोगका लागि रुस, जर्मनी, टर्की, बेल्जियम तथा नेदरल्याण्डका विदेशमन्त्रीसँग फोनमा सम्वाद भने गरेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’

प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने

  क्यानाडाले प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समाधानका लागि अर्को हप्ता संयुक्त राष्ट्रसङ्घको

विश्व बैंकद्वारा पाकिस्तानलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउन आग्रह

    विश्व बैंकले पाकिस्तानी सरकारलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री