भारतमा थप ३४ हजारलाई कोरोना संक्रमण



भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ । सरकारी अधिकारीले शनिबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो एक दिनमा भारतमा ३४ हजार ४५७ जना नयाँ सङ्क्रमित थपिएका छन् । जवकी त्यसको अघिल्लो दिन २४ घण्टामा ३६ हजार ५७१ जना नयाँ सङ्क्रमित थपिएका थिए ।

त्यसैगरी अघिल्लो दिनको तुलनामा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण मृत्यु भएकाको सङ्ख्यामा पनि कमी आएको छ । अघिल्लो दिन ५४० जनाको मृत्यु भएको थियो भने पछिल्लो २४ घण्टामा ३७५ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या पनि १५१ दिन यताकै सवैभन्दा धेरै रहेको छ । अहिले भारतमा तीन लाख ६१ हजार ३४० जना सङ्क्रमित अवस्थामै रहेका छन् ।

यो पनि अघिल्लो दिनको तुलनामा कम हो । अघिल्लो दिन भने सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितको सङ्ख्या तीन लाख ६३ हजार ६०५ रहेको थियो । कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि भारतमा अहिलेसम्म तीन करोड १५ लाख ९७ हजार ९८२ जना सङ्क्रमणमुक्त भइसकेका छन् । तीमध्ये पछिल्लो २४ घण्टामा ३६ हजार ३४७ जना सङ्क्रमणमुक्त भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका