बाढी पहिरोका कारण अफगानिस्तानमा ६० जनाको मृत्यु



अफगानिस्तानमा आएको बाढी पहिरोमा परेर कम्तिमा ६० जनाको मृत्यु भएको छ ।

वर्षासँगै आएको बाढीका कारण पूर्वी अफगानिस्तानमा मृत्यु हुनेहरुमा अधिकांश महिला र बालबालिका रहेको बीबीसीले जनाएको छ ।

बाढी पहिरोमा परेर कयौं व्यक्ति हराइरहेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् । तर तालिवानी विद्रोहीले भने एक सय ५० भन्दा बढीको मृत्यु भएको दावी गरेको छ । अत्यधिक वर्षाका कारण निजी तथा सरकारी संरचनाहरुमा क्षति पुगेको छ ।

पूर्वी अफगानिस्तानको अपदा क्षेत्र तालिवानीहरुले आफ्नो कब्जामा लिएको बताएसँगै अफगान सेनाले कारवाही तीव्र पारेको छ । स्थानीयहरुले भने मृतक र हराइहेकाहरुको संख्या अझै धेरै रहेको जनाएका छन् ।

अमेरिकी सेना फिर्ता भएसँगै तालिवानी विद्रोहीले सशस्त्र गतिविधि तीव्र पारेकाले उद्दार तथा राहतमा समस्या भएको अधिकारीरुले जनाएका छन् ।

लामो समयदेखि आन्तरिक द्वन्द्वमा रहेको अफगानिस्तानमा कमजोर संरचनामा बनेका ग्रामिण क्षेत्रका घरहरु वर्षेनी बाढीका कारण क्षतिग्रस्त हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ

चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिशन कार्यको खुलासा

  सेनझोउ–१८ का अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसनमा आफ्नो छ महिनाको बसाइमा विभिन्न

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

  जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को चिसो चन्द्र रातमा

अमेरिकी कांग्रेसद्वारा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारित

  अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग