अमेरिकी सैनिकहरूले यस वर्षको अन्त्यसम्ममा इराक छाड्ने



अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी लडाकू सैनिकहरूले यस वर्षको अन्त्यसम्ममा इराक छाडिसक्ने बताएका छन् । यद्यपि इराकी सेनालाई तालिम र सल्लाह दिनका लागि त्यहाँ अमेरिकी सेनाहरू रहिरहने बताइएको छ ।

इराकी प्रधानमन्त्रीको वासिङ्टन भ्रमणका बेला बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । इराकी प्रधानमन्त्री मुस्ताफा अल–खादिमीसँग ह्वाइट हाउसमा कुराकानी गरेपछि बाइडनले यस्तो घोषणा गरेका हुन् । इराकमा हाल पच्चिस सय अमेरिकी सैनिकहरू रहेका छन् ।

ती सैनिकहरूले इराकी फौजलाई बाँकी रहेका इस्लामिक स्टेट लडाकूसँग लड्न सहयोग गरिरहेको बताइएको छ । यो घोषणापछि पनि कैयौँ अमेरिकी सैनिकहरू इराकमै रहनेछन् । बाइडनको घोषणालाई इराकी प्रधानमन्त्रीलाई सहयोग पुर्याउनका लागि गरिएको कार्यका रूपमा हेरिएको छ ।

गत वर्ष बग्दादमा गरिएको अमेरिकी ड्रोन हमलामा एकजना उच्च इरानी सैन्य जनरल कासिम सुलेमानी र इरानको समर्थन पाएको शिया मुस्लिम मिलिसिया समूहका एक जना नेता मारिएपछि इराकमा अमेरिकी उपस्थिति प्रमुख मुद्दा बनेको छ ।

इरानसँग सम्बन्ध भएका राजनीतिक दलहरूले अमेरिकी नेतृत्वमा आईएसविरुद्ध लड्ने अन्तर्राष्ट्रिय फौज हट्नुपर्ने माग गरिरहेका छन् । यद्यपि त्यहाँ आईएसको खतरा जारी रहेको बताइन्छ ।

अमेरिकी राष्ट्रपतिको घोषणालाई राष्ट्रपति जर्ज डब्लू बुसका बेला सुरु भएको अर्को युद्ध अन्त्य भएको रूपमा हेरिनेछ । उनले यसै वर्ष अफगानिस्तानबाट अमेरिकी फौज हटिसक्ने बताएका थिए र अहिले त्यहाँबाट विदेशी सेनाहरू फिर्ता भएका छन् । उनले इराकमा कुनै पनि विदेशी फौज आवश्यक नभएकोमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ