चीनले अनुदानमा दिएको पाँच लाख डोज खोप बंगलादेशमा



चीनले अनुदानमा उपलब्ध गराएको पाँच लाख डोज कोभिड–१९ विरुद्धको खोप ढाका आइपुगेको छ । बंगलादेश वायुसेना (बिएएफ) को विशेष विमानले उक्त खोप बुधबार बिहान राजधानी ढाका ल्याएको हो ।

चीनको विशाल औषधि निर्माता सिनोफार्म कम्पनीबाट विकास गरिएको खोप बंगलादेशलाई उपलब्ध गराइएको हो । यो खोपलाई बंगलादेशको औषधि नियामक निकायले केही दिनअघि आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले कोभिड विरुद्धको खोप अभियान गत जनवरी २८ मा शुरु गर्नु भएको थियो । बंगलादेशलाई यसअघि भारतले २० लाख डोज कोभिसिल्ड खोप अनुदानमा उपलब्ध गराएको थियो ।

साथै बंगलादेशले भारतको सेरम इन्स्टिच्यूटबाट तीन करोड डोज खोप खरिद गर्न सम्झौता गरिसकेको जनाएको छ । बंगलादेशले खरिदका लागि सम्झौता गरिसकेको खोपमध्य ५० लाख डोज बंगलादेशले प्राप्त गरिसकेको छ भने प्रत्येक महिना अरु पाँच लाख खोप उपलब्ध गराउने सेरमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही