कोरोनाभाइरसको भारतीय प्रकार विश्वव्यापी चिन्ताको विषय भएको विश्व स्वास्थ्य सङ्गठनको भनाइ



विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले भारतमा पाइएको कोरोनाभाइरसको प्रकारलाई विश्वव्यापी चिन्ताको भेरिअन्टको रूपमा वर्गीकरण गरेको छ । प्रारम्भिक अध्ययनहरूले बी.१.६१७ भेरिअन्ट अन्य प्रकारभन्दा सजिलै फैलिने देखाएको भन्दै डब्ल्यूएचओले यस विषयमा थप अध्ययन आवश्यक परेको बताएको छ ।

डब्ल्यूएचओको अनुसार सो प्रकार ३० भन्दा बढी मुलुकहरूमा फैलिसकेको छ । यूके, दक्षिण अफ्रिका र ब्रजिलका भेरिअन्टहरूलाई पनि डब्ल्यूएचओले उस्तै प्रकारले वर्गीकरण गरेको छ ।

कुनैपनि प्रकारलाई डब्ल्यूएचओले चिन्ताको प्रकारमा वर्गीकरण गर्दा सहज सङ्क्रमण, गम्भीर लक्षण, एन्टीबडीको कम प्रभावकारिता र उपचार एवम् खोपको कम प्रभावकारिताको आधार हेर्ने गर्छ ।

भारतमा खतरनाक दोस्रो लहर फैलिनुको कारण यो प्रकार हो कि होइन भनेर अध्ययन भइरहेको छ । मङ्गलवार भारतमा तीन लाख २९ हजारभन्दा बढी सङ्क्रमण र ३,८७६ मृत्यु पुष्टि भएको छ।

विज्ञहरूले कोभिडको खास सङ्ख्या योभन्दा निकै धेरै हुनसक्ने दाबी गरेका छन् । राजधानी दिल्ली लगायतका धेरै स्थानहरूमा गम्भीर सङ्क्रमण बढिरहँदा अक्सिजनको अभाव भएका छन् ।

आन्ध्र प्रदेशका स्थानीय समाचारपत्रहरूले तिरुपतिको एक अस्पतालमा अक्सिजनको आपूर्तिमा ढिलाइ हुँदा सोमवार राति ११ जनाको मृत्यु भएको विवरण प्रकाशन गरेका छन् । भारतीय सरकारले नयाँ भेरिअन्ट र भारतको दोस्रो लहरबीच सम्बन्ध भएको बताए पनि सो सम्बन्ध स्पष्ट स्थापित गर्न सकिएको छैन । भारतका थुप्रै राज्यहरूले गत महिना लकडाउन या कर्फ्यु या निषेधाज्ञा जारी गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमाथि राष्ट्रव्यापी लकडाउन लगाउन दबाव बढिरहेको छ। । मोदीमाथि हिन्दु मेला र चुनावमा ठूलो भिड जम्मा हुन नरोकेको आरोप पनि लागेका छन् ।

सोमबार दिल्लीका स्वास्थ्यमन्त्रीले अब तीन या चार दिनलाई पुग्ने खोप मात्रै बाँकी रहेको बताएका छन् । भारतको खोप कार्यक्रम अन्तर्गत अहिलेसम्म २.५ प्रतिशत जनसङ्ख्याले खोपको दुई मात्रा प्राप्त गरेका छन् । डब्ल्यूएचओका प्राविधिक प्रमुखले सोमबार अहिले उपलब्ध खोपहरूको भारतीय प्रकारमाथि प्रभावकारिता कम हुनसक्ने देखिएको बताए पनि उसले अहिलेसम्म खोप प्रभावकारी नै हुने बताइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर

  विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको सम्बोधन गर्ने उद्देश्यले

युद्धका बेला देश एकताबद्ध हुनुपर्छः नेतान्याहु

  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले  मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सी) भ्रमण गर्ने

थाईल्याण्डसँगको सीमा सहरमा म्यान्माका सेना र जातीय समूहबीच भिडन्त

  एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच थाइल्यान्डको सीमा नजिकैको

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

  अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका