अन्तरिक्षबाट पृथ्वी फर्किने क्रममा ध्वस्त चिनियाँ रकेटका टुक्राहरू हिन्द महासागरमा



पृथ्वीतिर अनियन्त्रित रूपमा फर्किँदै गरेको एउटा चिनियाँ रकेटका अवशेषहरू हिन्द महासागरमा खसेको चीनले बताएको छ । उक्त रकेटको अधिकांश भाग पृथ्वीमा प्रवेश गर्ने क्रममा ध्वस्त भएको थियो ।

तर केही भाग ७२.४७ डिग्री पूर्व र २.६५ डिग्री उत्तर अक्षांश र देशान्तर भएको स्थानमा झरेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । उक्त स्थान माल्दिभ्सबाट पश्चिमतिर पर्छ । अमेरिकी र युरोपेली ट्रयाकिङ वेबसाइटहरूले अनियन्त्रित रूपमा झरिरहेको लङ मार्च–५बी रकेटको अनुगमन गरिरहेका थिए ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार रकेटका केही भागहरू बेइजिङको स्थानीय समयानुसार आइतवार १०ः२४ बजे वायुमण्डलमा पुनः प्रवेश गरेका थिए । अमेरिकाको स्पेस कमान्डले एउटा विज्ञप्तिमा आफूले चिनिया लङ मार्च–५बी अरेबियन प्रायःद्वीपमाथि पुनः प्रवेश गरेको पुष्टि गर्न सकेको जनाएको छ ।

रकेटका अवशेषहरूले जमिनमा प्रभाव पारे कि पानीमा भन्ने विषयमा भने आफूहरू अनभिज्ञ रहेको उक्त निकायले जनाएको छ । रकेट वायुमण्डलमा फर्किनुअघि त्यसका भागहरू मानिसहरू बसोबास गर्ने क्षेत्रमा खस्लान् भन्ने चिन्ता उत्पन्न भएको थियो ।

अन्तरिक्षसम्बन्धी विषयका विज्ञहरूले भने पृथ्वीको निकै ठूलो सतह समुद्रले ओगटेको र धेरै भूभागमा बसोबास नरहेका कारण रकेटका टुक्रा कसैलाई लाग्न सक्ने सम्भावना निकै कम रहेको अनुमान गरेका थिए ।

सन् १९९० यता १० टनभन्दा बढी वजन भएको कुनै पनि वस्तु पृथ्वीतर्फ खस्न दिइएको छैन । चिनियाँ रकेट १६ फिट चौडाइ र ९८ फिट लम्बाइको थियो । यसलाई चीनले अप्रिलको अन्त्यमा अन्तरिक्षमा नयाँ स्टेशन बनाउन प्रक्षेपण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रम्पलाई २४३ इलेक्टोरल मत प्राप्त हुँदा ह्यारिसलाई १९४

वासिङ्टन । अमेरिकी राष्ट्रपतिका लागि मङ्गलबार भएको निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेद्वार रहेकी

पहिलेसिनेटमा नियन्त्रण गर्ने संघारमा रिपब्लिकन

बीबीसी । ओहायो राज्यका वर्तमान सिनेटर शेरड ब्राउन पराजित भएपछि अब सिनेटमा डेमोक्र्याटिक

आयरल्यान्डद्वारा पहिलो पटक प्यालेस्टिनी राजदूतको नियुक्ति स्वीकार

  डबलिन । यसवर्ष डबलिनले प्यालेस्टिनी राज्यको औपचारिक मान्यता प्रदान गरेपछि आयरल्यान्डले मङ्गलबार

पाकिस्तानमा सैनिक कारबाहीमा सात आतङ्ककारीको मृत्यु

  पाकिस्तान । पाकिस्तानी सेनाले देशभरि गरेको छुट्टाछुट्टै कारबाहीमा सात  आतङ्ककारीको मृत्यु र