इजिप्टले फ्रान्ससँग ३० वटा राफेल लडाकू बिमान किन्ने



इजिप्टले फ्रान्ससँग अरु ३० वटा राफेल लडाकू बिमान खरिद गर्ने भएको छ । यो सहित इजिप्टसँग ५४ वटा राफेल लडाकू बिमान हुनेछन् । अधिकारीहरुका अनुसार फ्रान्सेली बायुसेना पछि राफेल सबैभन्दा बढी राख्ने मुलुक इजिप्ट हुनेछ ।

दुबै मुलुकले राफेल बिमान खरिद सम्झौता भएको मङ्गलबार घोषणा गरेका छन् । इजिप्टको सेनाले राफेल बिमान खरिदका लागि फ्रान्ससँग १० वर्षे ऋण लिइएको जनाएको छ । तर सम्झौता के कति रकममा गरिएको हो भन्ने इजिप्टको सेनाले केही खुलाएको छैन ।

इजिप्टले सन् २०१५ मा २४ थान राफेल लडाकू बिमान ५ अर्ब ९३ करोड डलरमा खरिद गरेको थियो । फ्रान्समा उत्पादित अत्याधुनिक यस राफेल बिमान खरिद गर्ने पहिलो राष्ट्र पनि इजिप्ट नै हो । निकै अत्याधुनिक भए पनि यसको विदेशमा बिक्री त्यति बढी हुन सकेको छैन ।

इजिप्टले राफेल बिमान खरिद गर्नुअघि बजारको खोजीमा रहेको फ्रान्सेली उत्पादक कम्पनी डासल्ट एभिएसनका यी बिमान फ्रान्सेली बायुसेनाले सन् २००६ देखि प्रयोगमा ल्याइरहेको थियो । हाल यी बिमान भारत र ग्रिस समेतका केही मुलुकमा बिक्री हुन थालेका छन् ।

फ्रान्सेली रक्षा मन्त्रालयले राफेल सम्झौताबाट फ्रान्समा तीन वर्षसम्म सात हजारले नयाँ रोजगारी प्राप्त गर्ने जनाएको छ । साथै, यसबाट फ्रान्स र इजिप्टबीच रणनीतिक तथा सैनिक साझेदारीलाई थप सुदृढ गर्ने मन्त्रालयको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनले युद्धका लागि सैन्य सेवा उमेरका नागरिकलाई स्वदेश फिर्ता बोलाउने

सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश फर्कन प्रोत्साहित गर्ने नयाँ उपायहरू

बाइडेनको अभियान फ्लोरिडामा, गर्भपतन अधिकार अभियानको प्रमुख बिषय

गर्भपतन अधिकारका लागि गरेको प्रयास रुढिवादी झुकाव भएको फ्लोरिडा राज्यमा प्रतिध्वनित हुने आशामा

म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा

डुङ्गा दुर्घटना हुँदा १६ आप्रवासीको मृत्यु, २८ बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको