कोरोना संक्रमणबाट भारतमा एकैदिन ९ सयको मृत्यु



भारतमा एकैदिन झण्डै १ लाख ७० हजार कोरोनाभाइरसका संक्रमित थपिएका छन् । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६९ हजार ८ सय ९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । एकैदिन यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो ।

भारतमा पछिल्लो समय संक्रमितको संख्याले नयाँ रेकर्ड बनाउँदै गएको छ । सबैभन्दा धेरै महराष्ट्र कोरोना संक्रमित थपिएका छन् । त्यहाँ एकैदिन ६३ हजारमा संक्रमण पुष्टि भएको छ । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा ९ सय ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा एक करोड ३५ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने १ लाख ७० हजार संक्रमितको ज्यान गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायली आक्रमणमा मृत्यु भएकी महिलाको गर्भबाट निकालियो जिवितै शिशु, राखियो आमाकै नाम ‘सबरीन’

बच्चा जन्मिनुअघि नै सबरीनको मृत्यु भयो । ती प्यालेस्टिनी युवती साढे सात महिनाकी

युक्रेनले युद्धका लागि सैन्य सेवा उमेरका नागरिकलाई स्वदेश फिर्ता बोलाउने

सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश फर्कन प्रोत्साहित गर्ने नयाँ उपायहरू

बाइडेनको अभियान फ्लोरिडामा, गर्भपतन अधिकार अभियानको प्रमुख बिषय

गर्भपतन अधिकारका लागि गरेको प्रयास रुढिवादी झुकाव भएको फ्लोरिडा राज्यमा प्रतिध्वनित हुने आशामा

म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा